शिक्षक हत्यारालाई अविलम्ब कारवाहीको माग गर्दै ज्ञापन पत्र

image आँखा संवाददाता सोमबार, मङ्सिर २९ २०७७
image

 

भद्रपुर, २९ मंसीर ।

मोरङमा हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यारा खोजी गरी अविलम्ब कारवाही हुनु पर्ने माग राख्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत ४ शुत्रीय माग सहित ज्ञापन पत्र बुझाएको छ ।

उत्तरी मोरङको मिक्लाजुङ १ को सरस्वती आधारभूत विद्यालयका प्रधान अध्यापक समेत रहेका श्रेष्ठको हत्यामा संलग्नलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै संगठनले जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको हो ।

संगठनका झापा जिल्ला अध्यक्ष कपिलदेव तिम्सिनाको नेतृत्वमा गएको शिक्षकको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा शिक्षक श्रेष्ठका हत्यारालाई अविलम्ब कानुनी दायरामा ल्याइनु पर्ने, सहिद घोषणा गरिनु पर्ने,  परिवारको भरण पोषणका लागि राज्य गम्भीर बन्नु पर्ने लगायत माग समेटेर सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।