विराटनगरकी कोरोना संक्रमित २० वर्षीया महिलाले जन्माइन् बच्चा

image सोमबार, भाद्र ८ २०७७
image

काठमाडौं । कोरोनाभाइरस संक्रमण पुष्टि भइ उपचार गराइरहेका एक गर्भवती महिलाले शिशुको जन्म दिएकी छिन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगरकी २० वर्षीया महिलाले सोमबार शिशुलाई जन्म दिएकी हुन् ।

ती महिलामा गत भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने धरानमा आइतबार भर्ना भएकी थिइन् ।

संक्रमित महिलाले जन्म दिएको शिशुको तौल २.८ किलो रहेको छ भने आमा र बच्ची दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थाका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए ।

डा सूर्य प्रसाद रिमालको निगरानीमा डा मुकेश, डा हिमाल र नर्स सिरिनको टोलीले डेलिभरी गराएको हो