कोरोना भाइरसको संक्रमणबाट थप ११  जनाको मृत्यु, मृत्यु हुनेको संख्या १७५

image बुधबार, भाद्र १० २०७७
image

काठमाडौं, भदौ १० : कोरोना भाइरसको संक्रमणबाट थप ११  जनाको मृत्यु भएको छ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।