झापामा १० हजार सात सय १० जनाको कोरोना परीक्षण, दुई सय ७८ मा सङ्क्रमण पुष्टि

image शनिबार, आषाढ २० २०७७
image

भद्रपुर, झापा । शुक्रवार अपराह्नसम्ममा झापामा १० हजार सात सय १० जना व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।
तीमध्ये दुई सय ७८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।  परीक्षण भएकामा महिलाको सङ्ख्या दुई हजार तीन सय १० छ ।

विवरण अनुसार झापाको सदरमुकाम रहेको भद्रपुरमा सङ्क्रमितको सङ्ख्या छ जना छन् । सबैभन्दा बढी सुदूर दक्षिणी कचनकवलमा एक सय २९,

मेचीनगरमा ४१ जना,

बिर्तामोडमा तीन जना,

कनकाईमा १०जना,

अर्जुनधारामा १३,

दमकमा ६ जना,

गौरादहमा ११जना,

शिवसताक्षीमा तीन जना,

बुद्ध शान्तिमा १६,

हल्दिवारीमा ११ जना ,

कमलमा एक जना,

गौरीगञ्जमा १८,

बाह्रदशीमा आठ र

झापा गाउँपालिकामा दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताउनुभयो ।

झापाका सङ्क्रमितमध्ये एक सय ७१ जना उपचारपछि घर फर्किसकेका छन् । कचनकवलकै मात्र एक सय २६ जना निको भएर घर फर्किएको चौलागाईंले बताउनुभयो ।