समाज

प्रतिष्ठित उद्योगपति गिरी नेपाल भारत मैत्री संघको केन्द्रीय सदस्यमा मनोनित,सल्लाहकारमा पोखरेल

news

भद्रपुर १७ साउन /नेपाल भारत मैत्री संघको केन्द्रीय सदस्यमा प्रतिष्ठित उद्योगपति छत्र बहादुर गिरी मनोनित हुनुभएको छ। झापाको विर्तामोड नगर पालिका -६ मा स्थायी बसोवास गर्नु हुने गिरी झापाको गिरी बन्धु टी इस्टेट लगायतका चिया उद्योगसँग सम्बन्धित प्रतिष्ठित उद्योगी हुनुहुन्छ।

१ महिना अगाडी

खड्का फोकल पर्सनबाट हटाइए , ताला खोलियो

news

बिर्तामोड , साउन १७ । बिर्तामोड नगरपालिकाले कोरोनाविरुद्धको खोप लुकाएको आरोप लागेका ओम खड्कालाई स्वास्थ्य शाखाको कोभिड फोकल पर्सनबाट हटाउने लगायतका निर्णय गरेपछि विद्यार्थीहरुले हिजो लगाएको ताला खोलिदिएका छन् ।

१ महिना अगाडी

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु

news

जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।

१ महिना अगाडी

बिर्तामोड नगरपालिकामा ‘नीतिगत भ्रष्टाचार’

news

बिर्तामोड , साउन १७ । कोरोनाविरुद्धको खोप लुकाएको आरोप लागेका ओम खड्कालाई स्वास्थ्य शाखाको कोभिड फोकल पर्सन नियुक्त गरेर बिर्तामोड नगरपालिकाले नीतिगत भ्रष्टाचार गरेको पाइएको छ ।

१ महिना अगाडी

कृषिको तीनकरोड ६५ लाख बढी रकम अनुदान वितरण

news

भद्रपुर,१६ साउन । कृषि ज्ञान केन्द्र झापाले आर्थिक बर्ष २०७७र७८ को असार मसान्त सम्मको एक बर्षमा झापाका विभिन्न पालिकाहरुमा आबद्ध कृषि सहकारी तथा समुह मार्फत ३ करोड ६५ लाख ७९ हजार ६ सय रुपैया बराबरको अनुदान रकम प्रदान गरेको छ ।

१ महिना अगाडी

झापामा रु १ लाख ६० हजार नगद सहित ६ जना जुवाडे पक्राउ

news

दमक , साउन १६ । दमक नगरपालिका– ८ स्थित पेरुङ्गो होटलमा प्रहरीले छापामा मारेर ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।

१ महिना अगाडी

फोकल पर्सन खड्का र कार्यालय प्रमुख घिमिरेलाई निलम्बन गर्न माग

news

बिर्तामोड ,साउन १६ । झापाका राजनीतिक दलका प्रमुखहरुले कोरोनाविरुद्धको खोप लुकाउने बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्का र स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेलाई निलम्बन गर्न माग गरेका छन् ।

१ महिना अगाडी

खोप काण्डका आरोपी खड्का निलम्बित,यथार्थ छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

news

भद्रपुर, १६ साउन । विर्तामोडको टाइमलेस होटलमा खोपसहित नगरका फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानविन गर्न समिति गठन भएको छ ।

१ महिना अगाडी

बिर्तामोड नगरपालिकाको कार्यालयमा विद्यार्थीले लगाए ताला

news

बिर्तामोड, साउन १६ । खोप लुकाउने बिर्तामोड नगरपालिकाका कोभिड पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै बिर्तामोड नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

१ महिना अगाडी

भद्रपुर नगरपालिकामा पनि आजबाट पूर्ण निषेधाज्ञा

news

भद्रपुर । झापाको सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकाले शनिवार (आज) मध्य रातिबाट नगर क्षेत्रमा अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ ।

१ महिना अगाडी

खड्का छोडिए ,कार्वाही गर्न चौतर्फी माग

news

बिर्तामोड ,साउन १६ । झापाको बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको सय भायल कोरोनाबिरुद्धको भेरोसिल खोपसहित पक्राउ परेका फोकल पर्सन ओम खड्कामाथि कार्वाही गर्न चौतर्फी माग भएको छ ।

१ महिना अगाडी

बिर्तामोडमा आएको खोप कहाँ कहाँ गयो ? थाहा पाउनुस्

news

बिर्तामोड , साउन १६ । कोरोनाविरुद्धको खोप सकिएको भन्दै शुक्रबार देवी माविको खोप कार्यक्रम स्थगित गरियो । त्यस्तै महेन्द्र रत्न खोपकेन्द्रका सयौंलाई समेत फिर्ता पठाइयो । तर नगरपालिकासँग खोप भइभइकन पनि घण्टौसम्म लाइनमा बसेकाहरुले खोप लगाउन पाएनन् ।

१ महिना अगाडी

दुई बर्षदेखि हराई रहेका पाँच बालकको भारतबाट उद्धार

news

काँकरभिट्टा । करिब दुई वर्षदेखि अभिभावकसँग सम्पर्क विहीन रहेका पाँच बालकलाई भारतबाट उद्धार गरिएको छ ।विश्व सेवा विस्तार संस्थाको पहलमा आफ्नै घरबाट वेपत्ता भई भारत पुगेका पाँच बालकलाई दुई वर्षपछि भारतको कलकत्ताबाट उद्धार गरिएको हो ।

१ महिना अगाडी

लुकाएको खोपसहित विर्तामोड नगरका स्वास्थ्य शाखा प्रमुख पक्राऊ

news

विर्तामोड । झापाको बिर्तामोडस्थित एक होटलमा विर्तामोड नगरका कर्मचारीले लुकाएको कोरोना बिरुद्धको सय भायल भेरोसिल खोप सहित नगरका स्वस्थ्य प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोप सहित फेला परेका नगरका जनस्वास्थ्य प्रमुख ओम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

१ महिना अगाडी

मदन पुरस्कारका लागि ९ पुस्तक छानिए

news

काठमाडौँ। २०७७ को मदन पुरस्कारका लागि उत्कृष्ट सूचीमा ९ पुस्तक परेका छन्।

१ महिना अगाडी

नेपालमा चार लाख ४२ हजारभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप

news

काठमाडौं। नेपालमा चार लाख ४२ हजार ७० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा दुईलाख ३२ हजार ७८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

१ महिना अगाडी

झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ

news

झापा , साउन १४ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना कारोबारी पक्राउ परेका छन् ।आज दिउँसो ३.३० बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

१ महिना अगाडी

आज भद्रपुरमा १ हजार ५ सय ७४ जनाले लगाए खोप

news

भद्रपुर, १४ साउन । भद्रपुर नगरपालिका क्षेत्र भित्र २ स्थानमा सञ्चालन भएको कोरोना भाईरस बिरुद्दको खोप कार्यक्रम अन्तर्गत पुरुष १०२४ र महिला ५५० जना गरी जम्मा १५७४ जना लाई खोप दिने काम सम्पन्न भयो ।

१ महिना अगाडी

भद्रपुर नगर प्रशासनद्वारा अधिकार क्षेत्रबाहिर गरिएको निर्णय फिर्ता

news

भद्रपुर, १४ साउन । भद्रपुर नगरपालिका क्षेत्रमा कोरोना भाइरस बिरूद्ध लगाइने खोप केन्द्र बढाइनु पर्ने माग आइरहेको बेला अधिकार क्षेत्र बाहिर गएर नगरपालिका प्रशासनले खोप केन्द्र घटाएको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

१ महिना अगाडी

बढ्दो कोरोना संक्रमणको रोकथामका लागि शनिबारदेखि झापा जिल्ला सिल

news

झापा, साउन १४ । बढ्दो कोरोना संक्रमणको रोकथामका लागि पर्सी शनिबारदेखि पुरै झापा जिल्ला सिल गरिने भएको छ ।

१ महिना अगाडी