समाज

भद्रपुरका ३७  सहित आज झापामा १६२ जनामा कोरोना संक्रमित

news

भद्रपुर, बैशाख २१ ।भद्रपुरका ३७ सहित आज झापामा १६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

१२ दिन अगाडी

उपत्यकामा एक साता निषेधाज्ञा थप

news

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म थप गरिएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका सीडीओहरूको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो  दरलाई ध्यान दिँदै थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले  जानकारी दिए ।

१२ दिन अगाडी

बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीेलाई उन्मुक्ति

news

भद्रपुर,बैशाख २१ । गैर नागरिकलाई नागरिकता दिएको आरोपमा अदालतमा मुद्धा परेपछि करिव एक वर्षदेखि फरार रहेका बिर्तामोड नगरपालिका वडा नं ८ का वडाध्यक्ष अजय कार्की जंगेले उन्मुक्ति पाएका छन् ।

१२ दिन अगाडी

झापामा थप एक कोरोना सक्रमितको मृत्यू, मृतकको संख्या १३६ पुग्यो

news

झापा​​​​​​​ , बैशाख २१ । झापामा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा शिवसताक्षी ८ का ७० बर्षिय नरप्रसाद उप्रेती रहेका छन् । उनको हिजो साँझ बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

१२ दिन अगाडी

ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो २४ घण्टामा पनि निभेन

news

भद्रपुर, बैशाख २१ । झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो २४ घण्टामा बितिसक्दा पनि निभाउन सकिएको छैन ।हिजो बिहान ३ बजेतिर सल्किएको सो आगो अझै बलिरहेको छ ।

१२ दिन अगाडी

चट्याङले लागेर झापाको किचकबध प्रहरी चौकीका इन्चार्ज ठाकुरको मृत्यु

news

भद्रपुर – झापामा सोमबार राति चट्याङले लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर छन्। उनी सो चौकीका प्रमुखसमेत हुन्।

१२ दिन अगाडी

झापामा जोर बिजोर प्रणाली कार्यान्वयनमा

news

भद्रपुर, २० बैशाख ।  झापामा सवारी साधन सञ्चालनका लागि जोर बिजोर प्रणाली कार्यान्वयनमा आएपछि सडकमा भीडभाड घट्न थालेको छ ।

१३ दिन अगाडी

झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५३६ सवारी कार्वाहीमा

news

झापा , बैशाख २० । दोस्रो लहरमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३६ वटा सवारी साधन कार्वाहीमा परेका छन् ।

१३ दिन अगाडी

ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो अझै निभेनः १० करोड बढीको क्षति

news

भद्रपुर, बैशाख २० । झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको भीषण आगलागीबाट करोडौंको क्षति भएको छ ।

१३ दिन अगाडी

नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु

news

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१३ दिन अगाडी

महामारीमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता गर्न जोड

news

बिर्तामोड, बैशाख २०। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ ।

१३ दिन अगाडी

बुधबारे जेसीजद्वारा १५ दिने ‘कोरोना सचेतना अभियान’ सञ्चालन

news

बुधबारे, बैशाख २० । बुधबारे जेसीजले सोमबार देखि १५ दिने ‘कोरोना सचेतना अभियान’ सञ्चालन गरेको छ । कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि आम सर्वसाधारणलाई जनचेतना र सचेतना फैलाउने उदेश्यले सो अभियान सञ्चालन गरिएको हो ।

१३ दिन अगाडी

भद्रपुरका २३ सहित झापामा आज १४९ जनामा कोरोना भाइरसको संक्रमण

news

भद्रपुर, २० वैशाख । भद्रपुरका २३ सहित झापामा सोमवार १४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय झापाका अनुसार ५९ महिलासहित १४९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

१३ दिन अगाडी

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण

news

झापा , बैशाख २० । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।आफूलाई संक्रमण भएको र अहिले होम आइसोलेशनमा रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।उनले सजकता अपनाउन सबैमा आग्रह गरेका छन् ।

१३ दिन अगाडी

झापा मेचीनगर १५ स्थित वायोमास फ्याक्ट्रीमा आगलागी

news

भद्रपुर, बैशाख २० । झापा मेचीनगर १५ ज्यामिरगढी स्थीत एउटा फ्याक्ट्रीमा भिषण आगलागि भएको छ । निलकोठी भन्ने ठाउँमा रहेको पराजुली बायोमास ब्रिकेट  फ्याक्टीमा आज बिहान ३ बजेदेखि शुरु भएको प्रहरीले जानकारी दिएको छ ।उध्योगी चण्डी पराजुली र आदित्य पराजुलीले संचालन गर्नुभएको वायोमासमा के कारणले आगलागी भएको हो हाल सम्म खुलेको छैन ।

१३ दिन अगाडी

आज विश्व प्रेस स्वतन्त्रता दिवस

news

नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ पुगेको छ ।

१३ दिन अगाडी

आजदेखि आन्तरिक उडान बन्द

news

यसैगरी सरकारले वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाउने निर्णय गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ।

१३ दिन अगाडी

चर्चित बिर्तामोड जग्गाकाण्डमा संलग्न ९ जना जेल चलान,एकजना धरौटीमा रिहा

news

भद्रपुर , बैशाख १९ । नक्कली जग्गाधनी खडा गरी बिर्तामोडको करोडौंको जग्गा ठगी गर्दा पक्राउ परेका भू–माफिया गिरोहका १० जनामध्ये ९ जना जेल चलान भएका छन् ।एकजना भने धरौटीमा रिहा भएका छन् ।

१४ दिन अगाडी

झापा प्रशासनले अत्यावश्यक बाहेकका सेवा बैशाख २६ गतेसम्मका लागि बन्द गर्यो                    

news

भद्रपुर, १९ बैशाख ।जिल्ला प्रशासन कार्यालय  झापाले अत्यावश्यक बाहेका सवै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।जिल्लामा कोभिड १९ (कोरोना) संक्रमण तीव्र गतिमा फैलन थालेको ठहर गर्दै प्रशासनबाट दिइने अत्यावश्यक सेवा बाहेका अन्य सवै सेवा बैशाख २० गतेबाट एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

१४ दिन अगाडी

झापामा आइतवार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

news

झापा​​​​​​​, १९ वैशाख । झापामा आइतवार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय झापाका अनुसार १४ महिलासहित ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

१४ दिन अगाडी