समाज

भारतबाट आएकामै कोरोना : द्रुत उद्धारले जोगियो समुदाय

news

भद्रपुर, १० जेठ । झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीहरुमा कोभिड–१९ को सङ्क्रमण धेरै सङ्ख्यामा देखिए तापनि सरकारी निकायले होशियारीपूर्वक व्यवस्थापकीय कार्य गरेका कारण उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन ।विगत सात दिन यता झापाको काँकडभिट्टा, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज नाकाबाट १२ सय जना नेपाल प्रवेश गरेका छन् ।जसमध्ये झापाका २०० जनालाई आफ्नै पालिकाको क्वारेन्टाइनमा सोझै पुर्याइएको छ भने एक हजार जना विभिन्न होल्डिङ सेन्टर र सीमा नजिकका क्वारेन्टाइनमा बसेका छन् ।

१ बर्ष अगाडी

२६८ यात्रु बोकेर नेपाल एयरलाइन्स जापानतर्फ

news

काठमाडौं । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति ९ः४५ बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए । जम्मा २६८ यात्रुमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् ।

१ बर्ष अगाडी

विश्वमा कोरोनाका कारण ३ लाख ३९ हजार बढीको मृत्यु, २१ लाख ५० हजार निको भए

news

काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार नाघेको छ । ५२ लाख ९७ हजार बढी संक्रमित मध्ये २१ लाख ५० हजार उपचार पछि निको भएका छन् । ४४ हजार ५ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ४४ हजार नाघेको छ । मृत्यु हुनेको संख्या ९७ हजार ६ सय पुगेको छ ।

१ बर्ष अगाडी

ट्युनिसियामा मृत्यु भएका नेपाली सेनाका अधिकृतको शव काठमाडौं ल्याइयो

news

शनिबार, १० जेष्ठ, २०७७ काठमाडौं । श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाजले अफ्रिकी मुलुक ट्युनिसियाबाट नेपाली सेनाका एक अधिकृतको शव लिएर शुक्रबार काठमाडौँ फर्किएको विमानस्थलले जनाएको छ । ट्युनिसियामा शान्ति सेनाका रुपमा खटिएका ती अधिकृतको मृत्यु भएपछि उनको शव लिन श्री एयरलाइन्सको कार्गो चार्टड उडानको जहाज बिहीबार ट्युनिसिया गएको थियो । एक्काइस दिनअघि हृदयाघातबाट मृत्यु भएका एक अधिकृतको शव लिन संयुक्त राष्ट्र संघको खर्चमा नेपाली सेनाले चार्टर उडान गरेको बताइएको छ ।

१ बर्ष अगाडी

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो

news

काठमाडौं, जेठ ९ । मकवानपुर, भक्तपुर र सप्तरीमा गरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको हो। थपिने संक्रमितहरुमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्। योसंगै नेपालमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

१ बर्ष अगाडी

प्रदेश १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने

news

विराटनगर, जेठ ९ प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ ।

१ बर्ष अगाडी

कोरोना कहर : विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु, २४ घण्टामा १ लाख ५ हजार बढी संक्रमित थपिए

news

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु भएको छ । आज बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ५७ पुगेको हो ।कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देशमा परेको छ ।

१ बर्ष अगाडी

थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

news

काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ बर्ष अगाडी

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य

news

काठमाडौं, जेठ ९ः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्ला ३५ दिनयता प्रदेशमा कोरोना भाइरस संक्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का संक्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि सुदूरपश्चिममा भने सो अवधिमा संक्रमित फेला नपरेका क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

१ बर्ष अगाडी

दार्चुलाको घाँटीबगरमा सेना तैनाथ

news

काठमाडौं जेठ ९ नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर अन्तर्गत उत्तरतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो ।

१ बर्ष अगाडी

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ५७ पुग्यो

news

काठमाडौं, जेठ ८ । कपिलवस्तु र बाँकेमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार साँझ कपिलबस्तुका १९ बर्षीय पुरुष र बाँकेका ३२ बर्षीय पुरुष र ४२ बर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको भेरी अस्पताल बाँके र प्रदेश प्रयोगशाला रुपन्देहीमा परिक्षण भएको हो । योसंगै संक्रमितको संख्या ४ सय ५७ पुगेको छ।

१ बर्ष अगाडी

प्रहरी चौकीका ईञ्चार्ज बालकुमार राईको मृत्यु

news

जेठ ८, २०७७ ताप्तेजुङ नजीकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ।

१ बर्ष अगाडी

कचनकवलमा कोरोना कहर

news

झापा, जेठ ८ः झापाको कचनकवल गाउँपालिकामा थप कोरोना संक्रमित रहेको पुष्टि भएपछि कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या २५ पुगेको छ ।

१ बर्ष अगाडी

नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४५३ पुग्यो

news

जेठ ८ । नेपालमा बिहीवार अपराह्णसम्म थप २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

१ बर्ष अगाडी

गुल्मीका पुरुषको कोभिड १९ का कारण बुटवलमा मृत्यु

news

कोरोनाभाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ।

१ बर्ष अगाडी

झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल स्थापनाको पहल

news

झापा, जेठ ८ । कोरोना भाइरस नियन्त्रण र उपचारका लागि झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि पहल गरिने भएको छ ।

१ बर्ष अगाडी

संक्रमितको संख्या ४४४ पुग्यो, झापा, धनकुटा र सुनसरीमा १७ जना नयाँ संक्रमित

news

काठमाडौं, जेठ ८ । नेपालमा कोरोना भाइरसका थप १७ जना बिरामी थपिएका छन् । उनीहरु झापा, धनकुटा र सुनसरी जिल्लाका हुन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जनाएका छन् ।

१ बर्ष अगाडी

झापाको कचनकवलका क्वारेन्टिन व्यवस्थित नहुँदा संक्रमित बढ्ने जोखिम

news

झापा, ८ जेठ । पूर्वी दक्षिणी झापाको कचनकवल गाउँ पालिकामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति राख्न निर्मित क्वारेन्टिन व्यवस्थापनमा लापरवाहीकै कारण संक्रमितको संख्या बढ्ने देखिएको छ ।

१ बर्ष अगाडी

प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि

news

प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड—१९ पुष्टि भएको हो ।

१ बर्ष अगाडी

लकडाउनको मौका छोपी बन फडानी कार्यलाई तिव्रता

news

पर्सा ७ जेठ पर्सा जिल्लाको पर्सा गढी नगरपालिका वडा न ३ मा लकडाउनको मौका छोपी बन तस्करहरुले बन फडानी कार्यलाई तिव्रता दिएको प्रति स्थानियले आपत्ति जनाएका छन ।

१ बर्ष अगाडी