समाज

भत्ता कटौतीको विरोध गर्दै प्रधानमन्त्रिलाइ ज्ञापन पत्र

news

भद्रपुर ११ जेठ नेपाल सरकार मंत्री परिषद्ले गरेको सामाजकि सुरक्षा भत्ता कटौती गर्ने भन्ने निर्णय प्रति गम्भिर आपत्ती जनाउदै मानव अधिकारकालागि महिला एकल महिला समुह तथा अपाङ्ग संघ झापाले जिल्ला प्रशासन कार्यलय झापा मार्फत प्रधानमंत्रीको कार्यलयलाई ज्ञापन पत्र बुझाएको छ ।

१ बर्ष अगाडी

अञ्चल अस्पतालको अस्तित्व मेट्न खोजेको भन्दै कोरोना अस्पताल बनाउने निर्णय बिरूद्ध स्थानीय

news

भद्रपुर, ११ जेठ । नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न विशेष अस्पतालका रूपमा मेची अञ्चल अस्पताललाई विकास गर्ने सरकारी निर्णय विवादमा परेको छ ।

१ बर्ष अगाडी

काफ्लेले दिए प्रहरीलाई स्वास्थ्य सामग्री

news

झापा ,११ जेष्ठ इलाका प्रहरी कार्यालय झिलझिले मातहतमा कार्यरत प्रहरीलाई शिवसताक्षी नगरका एक समाजसेवीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

१ बर्ष अगाडी

थप १९ जनामा कोरोना संक्रमण, ६०३ पुगे संक्रमित

news

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस्मा मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलवस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

१ बर्ष अगाडी

भारतबाट नेपाल आउँदै गरेका युवकको बाटोमै मृत्यु

news

११ जेष्ठ, २०७७ अर्घाखाँची ।  भारतको गुजरातबाट अर्घाखाँची फर्कँदै गरेका एक नेपालीको बाटोमै मृत्यु भएको छ ।

१ बर्ष अगाडी

भारतमा कोरोना भाइरसका कारण एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ को मृत्यु

news

नयाँदिल्ली –  भारतमा कोरोना भाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् ।

१ बर्ष अगाडी

विश्वभर संक्रमित ५४ लाखको हाराहारीमा, ३ लाख ४३ हजारको मृत्यु

news

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने । संक्रमितको संख्या ५४ लाखको हाराहारीमा पुगेको छ ।

१ बर्ष अगाडी

आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

news

२०७७ जेठ ११ गते काठमाडौं- आज देशका विभिन्न भु भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

१ बर्ष अगाडी

नयाँबानेश्वरका तीन घर सिल

news

२०७७ जेठ ११ गते काठमाडौं  ।  कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले  जानकारी दिनुभयो ।

१ बर्ष अगाडी

कुटपिटबाट घाइते एक व्यक्तिको मृत्यु

news

२०७७ जेठ ११ गते राजविराज – सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हुँदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताउनुभयो ।

१ बर्ष अगाडी

ईदको बिदा आज होइन भोलिः गृह मन्त्रालय

news

काठमाडौं, जेठ ११ । सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याउँदै अर्को सूचना जारी गरेको छ । विदा जेठ १२ गते सोमबारका लागि दिइएको जनाइएको छ ।

१ बर्ष अगाडी

झापाका पत्रकारहरुको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ

news

गत बुधबार कोरोना भाइरसको संक्रमणको आशंकामा पीसीआर परीक्षण गरिएका विभिन्न सञ्चारमाध्यममा आवद्ध झापाका पत्रकारहरुको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिममा पनि पत्रकारहरु अग्रपंक्तिमा गएर रिपोर्टिङ गर्नु पर्ने भएपछि पत्रकारहरुको स्वास्थ्यलाई ख्याल गरेर झापाका विभिन्न सञ्चारमाध्यममा आवद्ध २५ जना पत्रकारहरुको पीसीआर विधिवाट स्वाब संकलन गरिएको थियो । परीक्षण गरिएको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिममा पनि पत्रकारहरु अग्रपंक्तिमा गएर रिपोर्टिङ गर्नु पर्ने भएपछि पत्रकारहरुको स्वास्थ्यलाई ख्याल गरेर झापाका विभिन्न सञ्चारमाध्यममा आवद्ध २५ जना पत्रकारहरुको पीसीआर विधिवाट स्वाब संकलन गरिएको थियो । परीक्षण गरिएको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो

१ बर्ष अगाडी

सिल गरिएको कचनकवल गाउँपालिकामा चोरको बिगबिगी

news

झापा । कोरोना भाइरसको सङ्क्रमितहरू फेला परेपछि सिल गरिएको झापाको कचनकवल गाउँपालिकामा चोरको बिगबिगी बढेको छ । यस गाउँपालिकामा विगत केही हप्तादेखि चोरीका घटना बढ्न थालेका हुन् । कचनकवल गाउँपालिका–२ पथरिया, पुरानो बजारस्थित राजन यादवको विद्युतीय उपकरणको दोकानमा गए राती मात्र चोरी भएको छ ।राती १२ बजेदेखि बिहान ८ बजे बिचमा करिब ३ लाख नेपाली रुपैयाँ बराबरको चोरी भएको पीडित यादवले बताउनुभएको छ ।

१ बर्ष अगाडी

झापाको सदरमुकाम भद्रपुरमा आवतजावतमा कडाइ, कचनकवल गाउँपालिकासँग जोडिएका सीमा बन्द

news

झापा। जेठ १० झापा जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अन्य क्षेत्रबाट नगरपालिका भित्र आवतजावतमा कडाइ गर्न थालेको छ नगर विपद् व्यवस्थापन समितिले आवतजावतका कडाइसँगै लकडाउनलाई पनि कडाइका साथ पालना गर्ने गराउने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

१ बर्ष अगाडी

नेपालमा कोरोना संक्रमितको संख्या ५८४

news

१० जेठ, काठमाडौं । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

१ बर्ष अगाडी

अब झापामा नै कोरोना बिरामीको उपचार

news

झापा १० जेष्ठ कोभिड १९ को उपचारका लागि अस्पताल निर्माणको अन्तिम टुंगो लागेको छ । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई कोभिड अस्पतालको रुपमा प्रयोगमा ल्याईने गरी तयारी शुरु भएको पाईएको छ ।

१ बर्ष अगाडी

आइतबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

news

काठमाडौँ, जेठ १० गते । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

१ बर्ष अगाडी

अनाधिकृत प्रबेश गर्नेहरुलाई पूर्ण रुपमा रोक

news

झापा १० जेष्ठ पछिल्लो समयमा झापामा कोरोना संक्रमण बढेसँगै बुद्धशान्ति गाउँपालिका वडा न ५ र ६ मा आवातजावत मा कडाई गर्ने निर्णय भएको छ।

१ बर्ष अगाडी

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण, पुगे ५४८ संक्रमित

news

काठमाडौं, जेठ १० । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ । नयाँ थपिएका संक्रमितमा सर्लाही गोडैता र कविलासी नगरपालिकाका १३ जना, कपिलवस्तु वाणगंगा नगरपालिकाका ८ जना र रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना रहेका छन् । यसैगरी बारा करैयामाई गाउँपालिकाका १ जना, काठमाडौंका १ जना, चितवन भरतपुर ६ का १ जना रहेको स्वास्थ्य मन्त्रालयका डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

१ बर्ष अगाडी

भारतबाट आएकामै कोरोना : द्रुत उद्धारले जोगियो समुदाय

news

भद्रपुर, १० जेठ । झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीहरुमा कोभिड–१९ को सङ्क्रमण धेरै सङ्ख्यामा देखिए तापनि सरकारी निकायले होशियारीपूर्वक व्यवस्थापकीय कार्य गरेका कारण उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन ।विगत सात दिन यता झापाको काँकडभिट्टा, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज नाकाबाट १२ सय जना नेपाल प्रवेश गरेका छन् ।जसमध्ये झापाका २०० जनालाई आफ्नै पालिकाको क्वारेन्टाइनमा सोझै पुर्याइएको छ भने एक हजार जना विभिन्न होल्डिङ सेन्टर र सीमा नजिकका क्वारेन्टाइनमा बसेका छन् ।

१ बर्ष अगाडी