काठमाडौं । नेपालमा पहिलोपटक डिजिटल भिसा प्रणाली लागू भएको छ । ४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै गृहमन्त्री विष्णु पौडेलले डिजिटल भिसा प्रणालीको शुभारम्भ गरेका हुन् । आज अध्यागमन विभागमा आयोजित कार्यक्रममा गृहमन्त्री पौडेलले क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गर्दै पोर्चुगलका नेपाली मूलका नागरिक तेन्जिङ नोर्बु लामालाई भिसा प्रदान गरेका छन् । क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्युटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाइ गर्ने हुँदा त्रुटि हुने सम्भावना कम हुन्छ । सँगै सेवा प्रबाह पनि छिटो छरितो हुने अध्यागमन विभागले जनाएको छ । अब नेपालको भिसा अन्तरर्राष्ट्रिय मापदण्ड अनुसारको हुनेछ । यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने विभाग योजना छ । डिजिटल भिसा शुभारम्भ कार्यक्रममा गृहमन्त्री पौडेलले नेपालको भिसा अन्तर्राष्ट्रियस्तरको भएको भन्दै यसले देशको राष्ट्रिय सुरक्षामा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
३ बर्ष अगाडीआइतबार आयोजित राष्ट्रिय सञ्चार तथा सञ्चार प्रविधि दिवस एवं नागरिक एपको औपचारिक सार्वजनिक समारोहमा बोल्दै मन्त्री गुरुङले देशलाई भ्रष्टाचारमुक्त बनाई पारदर्शी, सुशासनयुक्त बनाउन र परम्पारगत झन्झटिलो प्रक्रिया हटाई पेपरलेसबाट सरकारका कामकाज गराउन सर्वसाधारणका लागि नागरिक एप ल्याइएको बताए ।
४ बर्ष अगाडीदूरसञ्चार सेवाकाे क्षेत्रमा अहिले डुप्लिकेशन, राजस्व चुहावटलगायतका चुनाैती रहेको बताउँदै उनले यसमा निमयन र व्यस्थापन गर्न सकिएन भने दूरसञ्चार सेवामा धनी, धनी भइरहने र गरिब, गरिब नै भइरहने अवस्था आउने बताए । यहीकारण हामीले विशेष किसिमकाे स्टेप लिन आवश्यक छ । मुख्यत: पुरानाे दूरसञ्चार नीति परिमार्जन गर्दै नयाँ कानून बनाउन हामीले सुझाव मागिरहेका छाैं । यसपछि याे क्षेत्रका धेरै चुनाैती सम्बाेधन हुनेछ,’ उनले भने ।
४ बर्ष अगाडी