भद्रपुर,८ वैशाख । ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा झापा भद्रपुरका तिन सहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यू हुनेमा फुङलिङ नगरपालिका वडा न १० का सवारी चालक दुर्गा भट्टराइ, झापा भद्रपुर ८ निवासी वर्ष ७० का विनोद पौडेल निजको श्रीमती वर्ष ६९ कि सरिता पौडेल र भद्रपुर मावली घर भइ हाल ललितपुर निवासी वर्ष १६ कि आध्या आचार्य रहेका छन ।
झापा वाट आफ्नो सवारी लिइ हिजो ताप्लेजुङ गएका उनिहरुलाइ आज विहान ताप्लेजुङ वाट पाथिभरा दर्शन गर्न अर्को भाडाको गाडी लिएर गएको विकास कोइरालाले वताउनुभयो ।
यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे१ज ३०११ नम्वरको जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा आज बिहान दुर्घटनामा परेको थियो। बिजुलीको पोलबाट लत्रिएको तारमा जीपले छोएपछि आगलागी भएको र दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुयो।
उहाका अनुसार दुई पुरुष र दुई महिला गरी चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनीहरू आमा छोरा हुन् । आमाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि लैजान हेलिकोप्टर झिकाउने प्रयास भइरहेको रावलले जानकारी दिनुभयो। उनका १० वर्षीय छोराको पनि उपचार भइरहेको छ।जीप यात्रु लिएर बिहान करिब ५ बजेतिर सदरमुकाम फुङलिङबाट हिँडेको थियो।