भद्रपुर / भद्रपुर नगरपालिका वडा नम्बर -७ मा रहेकाे काली मन्दिर टाेल विकास संस्थाले हाेली मिलन कार्यक्रम मनाएकाे छ । संस्थाका अध्यक्ष उत्तम नेपालकाे सभापतित्व एवम जेष्ठ नागरिक संघ भद्रपुर -७ का अध्यक्ष वाशुदेव नेपालकाे प्रमुख आतिथ्यमा विभिन्न मनाेरञ्जनात्मक कार्यक्रम गरी हर्साेल्लासका साथ शुक्रबार मनाइएकाे हाे ।
संस्थाका उपाध्यक्ष बालकुमारी भट्टराइले स्वागत गरेकाे कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना संस्थाका पुर्व सचिव मात्रिका तिम्सिनाले कार्यक्रमकाे प्रशंसा गरेका थिए । मनाेरञ्जतात्मक कार्यक्रममा विजेता इश्वरी बस्नेत,दिक्षान्त आचार्य,चन्द्रकला घिमिरे,यशाेदा भूर्तेल,दानबहादुर घिमिरे र पध्मा भट्टराइलाइ पुरस्कार वितरणा गरिएकाे थियाे ।
टाेलबाट वेदमाया पाठकले पुरस्कार र उमा खनाल लगायतले सर्वत सामग्री साैजन्य गरेका थिए । संस्थाका सचिव जीवनमणि लम्सालले सञ्चालन गरेकाे कार्यक्रममा एक अर्कालाइ रङ लगाएर नाचगान सहित रमाइलाे गरिएकाे थियाे ।
यसै गरी झापाको भद्रपुर ९ स्थित केदारेस्वर शिव पान्चायन मन्दिरको आयोजनामा होलीको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
अग्रज समाजसेवी बिस्णु प्रसाद शिवाकोटीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा सन्चारकर्मी राजु बराल , जीवन ज्योती आधारभुत बिध्यालयका प्रधानाध्यापक निर्मला पौडेल , प्रकाश एकता कृषि सहकारी अध्यक्ष गोपाल श्रेष्ठ , डिल्ली राम पोखरेल र महेस नेउपानेले शुभकामना मन्तव्य राख्दै असत्य माथी सत्यको बिजयको सन्देश बोकेको रङको पर्व होलीको मौलिक पक्षको जगेर्ना गर्न सबैको सकारात्मक योगदान आवस्यक रहेको चर्चा गरेका थिए ।
केदारेस्वर शिव पान्चायन मन्दिर समिति अध्यक्ष भगिरथ नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पार्वती मल्ल र सन्चालन भिम निरौलाले गरेका थिए ।