भद्रपुर बजार अनुगमन : म्याद गुज्रिएका र अखाद्य सामग्री जफत

image आँखा संम्वाददाता १ महिना अगाडी
image

भद्रपुर,फागुन २८ / होली तथा चैते दशैँजस्ता चाडपर्व नजिकिँदै गएको बेला झापाको सदरमुकाममा रहेको भद्रपुर नगरपालिकाले बजार अनुगमन गरेको छ ।नगरपालिकाकी उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुर र चन्द्रगढी बजार अनुगमन गरिएको हो ।

हिजो र आज गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका हल्का पेय पदार्थ, अस्वस्थकर रङ मिसाइएको मिठाइलगायतका खानेकुरा, म्याद गुज्रिएका केही ड्राइ फुडहरु फेला परेको अनुगमन समितिका फोकल पर्सन सुशील कर्णले जानकारी दिए । यसपटक किराना पसल र होटलहरुमा अनुगमन गरिएको थियो ।

अनुगमनमा जिल्लास्थित सरोकारवाला अन्य सरकारी निकायका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।  जफत गरिएका सामग्री अनुगमनमा सहभागी प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको छ ।
 

ad