झापामा जथाभावी चलाउने १२२ वटा सवारी साधन नियन्त्रणमा

image आँखा समाचारदाता १ महिना अगाडी
image

झापा, चैत १ । होलीका दिन झापामा जथाभावी चलाउने १२२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दिउँसो १ बजेसम्म ११६ वटा मोटरसाइकल र ६ वटा चार पांग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलमा तीनजना सवार हुने , मादक पदार्थ सेवन गरी चलाउने , बिनाहेल्मेट सवारी चलाउने , बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

ad