रेवती राज घिमिरे ,भद्रपुर २९ माघ / भुमिसुधार तथा मालपोत कार्यलय भद्रपुर झापामा पछिल्लो आर्थिक वर्षमा महिलाको नाममा जग्गाको करोवारबाट राजस्व संकलनमा थप वृद्धि हुँदै गएको तथ्यांकले देखाएको छ ।
कार्यलयको तथ्यांक अनुसार यसै आ. व. को माघ २७ सम्ममा महिलाको नामबाट ६ हजार ५ सय ६९ वटा लिखद जग्गाको कारोबार गर्दा रजिष्ट्रेशन बापत ११ करोड २२ लाख८३ हजार ७ सय ७९ रुपैया राजस्व संकलन भएको छ ।
७ महिनाको अबधिमा पुरुष तथा विभिन्न संघ संस्थाको ६ हजार ३ सय ८२ वटा कारोबारबाट १२ करोड २५ लाख ४८ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
यसरी हेर्दा संस्था र पुरुषको कारोवारमा १२ करोड माथि तर महिलाको मात्र कारोबारमा ११ करोड माथिको राजस्व संलग्न हेर्दा तथ्यांकअनुसार महिलाको नामको कारोबार बढि देखिन्छ ।
अघिल्लो आ व २०७९/८० मा महिला बाट प्राप्त रजिस्ट्रेसन दस्तुर बापत संकलन भएको राजस्व १५ करोड ५० लाख माथि रहेको छ भने गत आ व २०८०/८१ मा महिला बाट प्राप्त रजिष्ट्रेशन शुल्क बापत संकलित राजस्व २० करोड ५० लाख ९४ हजार१ सय १२ रुपैया पुगेको छ ।
यो राजस्व संकलनको तथ्यांकले पनि पछिल्लो केही बर्ष देखि महिलाको नाममा घरजग्गा नामसारी हुने गरेको चलन बढेको देखिन्छ । महिलालाई सम्पति सम्बन्धि माैलिक संवैधानिक अधिकारका कारण तथा अधिकांश पुरुष वैदेशिक रोजगामा गएका कारण महिलाहरुमा कारोवार बढेको हुन सक्ने कार्यालयको बुझाई रहेको छ ।