विभुतिको ३१ औ  वार्षिकोत्सब सम्पन्न

image रेवतीराज घिमिरे २ महिना अगाडी
image

भद्पुर २० माघ / झापाको भद्रपुर १० चन्द्रगढिको विपि चोकमा रहेको विभुति विद्या मन्दिरले विद्यालयको ३१ अाै  वार्षिकोत्सब तथा अभिभावक डे को सन्दर्भमा २ वटा विधामा उत्कृष्ट  ७ सय बढि विद्यार्थीलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री तथा प्रशंसा पत्र वितरण गरेको छ ।

शनिवार र आईतवार  २ दिन सम्म संचालित कार्यक्रममा  एकाडेमि तर्फ र खेलकुद लगायतका विभिन्न कृयाकलापमा उत्कृष्ट हुने कक्षा नर्सरी देखि कक्षा १० सम्मका छात्रछात्रालाई सो सम्मान सहित पुरस्कृत गरिएको  हो ।

कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख पोखरेलले नगरपालिकाले नगरभित्रका विद्यालयहरुको शैक्षिक क्षेत्रको सुधार गर्न विभिन्न कार्यहरु गरिरहेको बताउदै विद्यार्थीलाई उनिहरुको चाहाना अनुसारको सिकाई प्रति शिक्षकशिक्षिकाले जोड दिनु पर्नेमा उल्लेख गर्नु भयो ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल गोविन्द लम्सालले विद्यालयका विविध गतिविधि माथि प्रकाश पार्दै कार्यक्रमको अाैचित्य माथि उल्लेख  पार्नु भएको थियो ।

घनश्याम लम्सालको अध्यक्षता तथा विद्यालयका भाईस प्रिन्सिपल राजेश निराैलाको संचालनमा सम्पन्न कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख पवित्र ढकाल,प्याब्सन भद्रपुर अध्यक्ष भक्त बहादुर कार्कि,वार्ड न ८ र १० का वार्ड अध्यक्ष दोय गाैरव सुब्बा ,टेक बहादुर खड्का काजि,राधा रिमाल अधिकारी लगायतले मन्तव्य राख्नु भा थियो ।

कार्यक्रमको स्वागत मन्तव्य शिक्षक जगदीश काफ्लेले गर्नु भा थियो ।कार्यक्रममा गित तथा नृत्य सहितको विभिन्न सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो । 

ad