मेचीनगरले ६ महिनामा ७ करोड ८३ लाख कर उठायो

image आँखा समाचारदाता १ महिना अगाडी
image

मेचीनगर, १३ फागुन । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिव सात करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।मेचीनगर नगरपालिकाका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले चालु आर्थिक वर्ष २०८१ को साउनदेखि पुस मसान्त सम्ममा आन्तरिकको विभिन्न शिर्षकको करबाट ७ करोड ८२ लाख ८३ हजार ९९४ रुपैयाँ १६ पैसा राजश्व संकलन गरेको जानकारी दिए ।

पराजुलीका अनुसार नगरपालिका कार्यालय र १५ वटै वडाबाट उक्त राजश्व संकलन भएको छ । जसमा नगरपालिका कार्यालयबाट २ करोड २८ लाख ९३ हजार ८१८ रुपैयाँ ३५ पैसा, वडा नं.१ को कार्यालयबाट १७ लाख २४ हजार ५५ रुपैयाँ ७५ पैसा, वडा नं.२ को कार्यालयबाट १८ लाख ७ हजार ७४७ रुपैयाँ ७० पैसा, वडा नं.३ को कार्यालयबाट १४ लाख १८ हजार ७४३ रुपैयाँ ६७ पैसा, वडा नं.४ को कार्यालयबाट १३ लाख ७६ हजार ४२७ रुपैयाँ ४० पैसा, वडा नं.५ को कार्यालयबाट १८ लाख ३५ हजार ७७३ रुपैयाँ ९५ पैसा, वडा नं.६ को कार्यालयबाट १ करोड १० लाख ४० हजार ३६९ रुपैयाँ १४ पैसा, वडा नं.७ को कार्यालयबाट ४२ लाख १ हजार ९९९ रुपैयाँ ३० पैसा र वडा नं.८ को कार्यालयबाट ५६ लाख ३५ हजार ७८८ रुपैयाँ ५८ पैसा राजश्व संकलन भएको छ ।

त्यस्तै वडा नं.९ को कार्यालयबाट ३२ लाख १७ हजार ३५३ रुपैयाँ ७८ पैसा, वडा नं.१० को कार्यालयबाट ९० लाख ९७ हजार ९०९ रुपैयाँ २ पैसा, वडा नं.११ को कार्यालयबाट २३ लाख २७ हजार ७३९ रुपैयाँ १३ पैसा, वडा नं.१२ को कार्यालयबाट २३ लाख ६१ हजार ६२३ रुपैयाँ, वडा नं.१३ को कार्यालयबाट ३० लाख ७७ हजार २८५ रुपैयाँ २३ पैसा, वडा नं.१४ को कार्यालयबाट २१ लाख ९६ हजार ४२७ रुपैयाँ र वडा नं.१५ को कार्यालयबाट २१ लाख ९६ हजार ४२७ रुपैयाँ राजश्व संकलन भएको उनले बताए ।

राजश्व शाखा कार्यालयका अनुसार नगरपालिका कार्यालय र वडा कार्यालयबाट विभिन्न शिर्षकमा उठाइएका करको रकम यस्तो रहेको छ ।एकिकृत सम्पति करबाट २ करोड २७ लाख १३ हजार ११९ रुपैयाँ, बहाल करबाट ५७ लाख ३१ हजार ४१३ रुपैयाँ, अन्य मनोरञ्जन करबाट ३० लाख २१ हजार ५ सय रुपैयाँ, अन्य कर, विज्ञापन करबाट २६ हजार ९४० रुपैयाँ, सरकारी सम्पतिको बहालबाट १ लाख २७ हजार ५ सय रुपैयाँ, अन्य बिक्रीबाट ५१ लाख ३८ हजार १८१ रुपैयाँ २१ पैसा, फोहोर मैला संकलन शुल्कबाट १२ लाख १० हजार १४ रुपैयाँ, न्यायिक दस्तुरबाट ५७ हजार ९१८ रुपैयाँ, शिक्षा क्षेत्रको करबाट १ लाख, अन्य प्रशासनिक (पूर्वाधार उपयोग शुल्क) बाट ४९ लाख ५० हजार रुपैयाँ संकलन भएको छ ।

त्यस्तै पार्किङ शुल्कबाट ८५ लाख ५१ हजार ४ सय रुपैयाँ, नक्सापास दस्तुरबाट ३३ लाख ७६ हजार ७९१ रुपैयाँ, सिफारिस दस्तुरबाट ९९ लाख ३८ हजार ५४३ रुपैयाँ, व्यक्तिगत घटना दर्ताबाट ७ लाख ६९ हजार ८५० रुपैयाँ, नाता प्रमाणितबाट ३ लाख २९ हजार ११० रुपैयाँ, अन्य दस्तुरबाट ८५ हजार ९११ रुपैयाँ, व्यवसाय रजिस्टेशन दस्तुरबाट ३७ हजार २७५ रुपैयाँ, न्यायिक दण्ड जरिवाना तथा जफतबाट ५२ हजार ५४५ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना तथा जफतबाट १८ लाख ८ हजार ६९४ रुपैयाँ र व्यवसाय करबाट ९४ लाख ९१ हजार ६८६ रुपैयाँ ५ पैसा राजश्व संकलन भएको छ ।

राजश्व शाखा प्रमुख पराजुलीले ६ महिनामा ४६ दशमलव ६८ प्रतिशत राजश्व संकलन भएको बताए । चालु आर्थिक वर्षको उक्त शिर्षकका करहरुबाट ०८१/०८२ मा १६ करोड ७७ लाख रुपैयाँ उठाउने अनुमानित लक्ष्य राखिएको उनले बताए । गत आर्थिक वर्ष २०८०/०८१ मा १३ करोड ३८ लाख ६५ हजार ६९० रुपैयाँ ५ पैसा राजश्व संकलन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ११ करोड ६१ लाख २१ हजार ६९७ रुपैयाँ एक पैसा राजश्व संकलन गरेको थियो 

ad