१६ फागुन, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा मूल्य प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको नेपाल आयल निगमको भनाइ छ ।