झापामा धान उत्पादनमा कमि

image रेवतीराज घिमिरे ४ महिना अगाडी
image

चन्द्रगढी, २१ पौष  । झापामा धान उत्पादनमा कमि आएको छ ।  धान उत्पादनमा प्रतिकुल मौसममा  आएको सुधारका कारण उत्पादनमा वृद्धि भए पनि लगाईएको क्षेत्रफलको आधारमा भने कमि आएको छ ।  

विगत बर्षमा झापामा ८० हजारको हाराहारीमा लगाईएको धान खेति यस बर्ष भने ७५ हजार ४ सय ५९ क्षेत्रफलमा मात्र  लगाएको हो । यस वर्ष झापामा ३ लाख ८२ हजार ८ सय १२ टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र  झापाका प्रमुख सागर विष्टले जानकारि दिनु भयो ।

उहांले मौसमि दृष्टिकोणले उपयोगी भएका कारण प्रतिहेक्टर ५.०७ टनका दरले धान उत्पादन भएको बताउनुभयो । विगत वर्षमा झापामा प्रतिहेक्टर  ४ लाख टनको हाराहारीमा मात्र उत्पादन भएको कार्यलय प्रमुख विष्टको भनाई छ । बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिन  घट्दै जानू मुख्य कारण भएको बताउदै प्रमुख विष्टले बाझो रहेको जमिनलाई समेत खेतिमा परिणत गराई थप उत्पादन बढाईनु पर्नेमा जोड दिनु भयो  ।

झापामा  रंजित, सर्ना ,कालो नुनिया, बहुगुणि २ ,राधा १२ लगायतका विभिन्न प्रकारका धानका जातहरुको खेती  गरिन्छ । 

ad