भद्रपुर / भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको गेटमा सुविधायुक्त एअरपोर्ट होटल खुलेको छ। भद्रपुरमा सुविधासम्पन्न होटलको खाँचो यो होटलले पूरा गर्ने यसका सञ्चालकको विश्वास छ ।
होटलमा Five स्टार स्तरको Deluxe, Suite र Double Suite गरी १७ वटा कोठामा ४५ जनासम्म मानिसलाई ब्रेकफास्ट सहितको सहुलियत दरमा सुलभ र सुविधायुक्त बेडमा आरामसँग सुत्न-बस्न तथा कन्टिनेन्टल,इण्डियन, चाइनिज र तन्दुरी खानाको बन्दोबस्त छ।
होटल सञ्चालक दीपेश ढकालका अनुसार, होटलसँगै गणपति बेकरी पनि सञ्चालनमा छ।त्यहाँ कफीका विभिन्न स्वाद र आइटम,बेकरीहरू र पिज्जा,बर्गर पनि पाइने हुनाले अब पाहुनाहरूले वाहिर भौतारिनु पर्ने अवस्था रहदैन।
होटलमा नेपाली मौलिक परिकारहरू र नेपाली खाना पनि पाइन्छ। सेकुवा, छोइला र ममका परिकारहरू शुरू भइसकेको छ।यही माघ २६,२७ र २८ गते होटलको उद्घाटन छ,सञ्चालक ढकालका अनुसार, उद्घाटनका अवसरमा खाना नास्ताका आइटममा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।