एजेन्सी / इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले इप्सविच टाउनलाई ६-० ले पराजित गर्दै ठूलो जित हासिल गरेको छ।
फिल फोडेनले दुई गोल गर्दा मातेओ कोभासिक, जेरेमी डोकु, जेम्स म्याकएटी र एर्लिङ हालान्डले एक–एक गोल गरे। यस जितसँगै म्यान्सिटी अंक तालिकाको चौथो स्थानमा पुगेको छ।
उता म्यानचेस्टर युनाइटेडको हार श्रृंखला जारी छ। म्यान यु ब्राइटन सँग ३-१ गोल अन्तरले पराजीत भयो ।त्यस्तै नटिङघमले साउथ हाम्यटनलाइ ३-२ ले हराउदा एभरर्टनले टोटनह्यामलाइ ३-२ ले हराएको छ /
यसै गरीरियाल मड्रिडले घरेलु मैदानमा लस पल्मसलाई ४-१ ले हराउँदै स्पेनिस ला लिगामा शीर्ष स्थानमा फर्किएको छ। केलियन एम्बापेले दुई गोल गरे र भीएआरले एक गोल अस्वीकृत गरे पनि रियालले शानदार जित निकाल्यो। यस जितसँगै रियालको २० खेलबाट ४६ अंक भएको छ, जसले एटलेटिको मड्रिडलाई गोल अन्तरका आधारमा पछि पारेको छ।