सहाराको इकाइ साधारण सभा चन्द्रगढीमा सम्पन्न

image आँखा संम्वाददाता ४ महिना अगाडी
image

चन्द्रगढी, १६ पुस / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चन्द्रगढीको २८ औं इकाइ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

 भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र चन्द्रगढी सेवा केन्द्र उपसमितिका संयोजक गोपाल गिरीको अध्यक्षतामा आज मंगलबार साधारण सभा सम्पन्न भएको हो। 

May be an image of 4 people, dais and text

साधारण सभामा सहारा साकोसका अध्यक्ष हरिबहादुर राजवंशीले अध्यक्षीय प्रतिवेदन, संयोजक गिरीले सहकारीको वार्षिक नीति तथा कार्यक्रम,  ऋण उपसमितिका सदस्य नारायणप्रसाद काफ्लेले लेखा परीक्षण र ऋण उपसमिति प्रतिवेदन तथा उपसमिति सदस्य ईश्वरी दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
सो अवसरमा गायक अर्जुन खरेलले गीत र बाल कलाकार स्नेहा बनले नृत्य प्रस्तुत गर्नुभएको थियो भने सहकारीले उहाँहरू दुवै कलाकारलाई नगदसहित सम्मान गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथि पोखरेल, वडाअध्यक्षहरू गौरव सुब्बा-मनोज र अभिषेक ढुङ्गानाले शुभकामना मन्तव्य राख्नु भएको थियो। सेवा केन्द्र उपसमितिकी सदस्य रमला बराल अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको ‌उद्घोषण सेवा केन्द्र उपसमितिका सदस्य टीकाराम उप्रेतीले गर्नुभएको चन्द्रगढी शाखाका प्रमुख सुदीप खड्काले जानकारी दिनुभयो। साधारण सभामा ६ सयबढी शेयर धनीहरूको उपस्थिति रहेको थियो।

ad