माइजोगमाइ, १४ पौष । त्रीवेणी कृषि बहुउदेश्यीय सहकारी संस्था ली.को १९ औ वार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ /
माईजोगमाई गाउँपालिकाको नामसालिङमा रहेको श्री त्रीवेणी कृषि बहुउदेश्यीय सहकारी संस्था ली. को १९ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो ।
साधरण सभा संस्थाका अध्यक्ष पारसमणि घिमिरेको अध्यक्ष तथा नामसालिङ गा.वि.स.का पूर्व अध्यक्ष याम प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
साधारण सभाले विभिन्न २५ वटा महत्वपूर्ण विषयमा छलफल तथा संशोधन सहित निर्णय गरेको छ । साथै संस्थाको साधरण सभाको अवसरमा संस्थापक जेष्ठ सदस्यहरु ६ जना, नियमित उत्कृष्ट बचतकर्ता तर्फ ३ जना र नियमित उत्कृष्ट ऋणी शेयर सदस्य तर्फ ३ जना गरि १२ जना सदस्यहरुलाइ खादा, फुलमाला, नगद तथा प्रमाणपत्र सहित सम्मान समेत गररिएको थियो ।
सम्मानित हुने शेयर सदस्यहरुमा ओम प्रसाद संजेल ,गणेश प्रसाद ढकाल ,फडिन्द्र कुमार शर्मा निरौला ,नर बहादुर राई ,टंक कुमारी घिमिरे र भिम कुमारी घिमिरे रहेका छन ।
त्यस्तै उत्कृष्ट नियमित बचतकर्ता तर्फ भिम प्रसाद ढकाल, शान्ता देवी तिम्सीना, रविन निरौला रहनुका साथै उत्कृष्ट नियमित ऋणी सदस्य तर्फ लक्ष्मण दर्जी ,गायत्री प्रसाद काफ्ले डेग कुमारी घिमिरेलाइ सम्मान गररिएको थियो ।