चन्द्रगढी,१६ पौष / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक र डिजेलको मूल्य प्रतिलिटर दुई रूपैयाँले बढेको जनाएको छ।