भद्रपुर, १ पौष । झापा भद्रपुर निवासी सन्तोष कोइराला बैंकर्स संघको अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । अध्यक्षमा उम्मेदवारी दिएका प्रभू बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध हुनुभएको हो । यहि पौष ३ गते हुने संघको साधारणसभाले औपचारिक निर्णय गरेपछि कोइरालाले अध्यक्षको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
अध्यक्ष पदमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्वाचित भएसँगै, उपाध्यक्षको जिम्मेवारी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले सम्हाल्नुहुनेछ।
संघको खाली रहेको तीन सदस्य पदका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफ्नो दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन् भने अन्य दुईमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्वाचित भएका छन्।