भद्रपुर – नेपाल प्रिमियर लिग NPL क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले हराएको छ । लुम्बिनीको यो लगातार चौथो हार हो भने जनकपुरको लगातार चौथो जीत हो ।
जनकपुरले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आठ विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सक्यो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले नौ विकेट गुमाएर एक सय ३६ रन बनायो ।
जनकपुर चार खेलमा आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा लागातार पराजित लुम्बिनी अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।