भद्रपुर ,५ पौष । गरिमा विकास वैक भद्रपुरले शुक्रवार वित्तिय साक्षरता सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
हल्दीवारी २ स्थित सिग्मा इङलिस स्कुलका विध्याथीहरुलाइ शाखा प्रमुख सविन दाहालले वित्तय साक्षरताका विषयमा जानकारी गराउनुभएको हो ।
स्कुलका प्रिन्सीपल नरेश पराजुलीको प्रमुख आतिथ्य तथा भाइस प्रिन्सीपल नेत्र प्रसाद लुइटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वैकका अपरेशन प्रमुख प्रभा लुइटेल गर्नुभएको थियो ।