भद्रपुर । निता स्मृति प्रतिष्ठानले झापा क्षेत्र नम्बर २ स्तरीय निवन्ध प्रतियोगिता गर्ने भएको छ ।प्रतिष्ठानका संयोजक उमानाथ ओलीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ स्तरीय सरकारी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीबीच निवन्ध प्रतियोगिता गर्ने भएको हो ।
प्रतिष्ठानले तीन तहको लेखन प्रतियोगितामा प्रथम हुनेलाई रु ७० हजार, द्वितीयलाई ५० हजार र तृतीय हुनेलाई ३० हजार पुरस्कार राशी वितरण गर्ने संयोजक ओलीले जानकारी दिनुभयो ।
पहिलो चरणमा यस निर्वाचन क्षेत्र सहित बिर्तामोड र अर्जुनधारा नगरपालिकाका सबै माविका विद्याथीहरुबाट सोही विद्यालयले बुद्धका बारेमा निवन्ध लेखाई ३÷३ जना छनौट गरी मंसिर ७ गते नाम प्रतिष्ठानमा पठाउने छ ।
मंसिर १५ गते शनिबार दोस्रो चरणमा बुद्ध र शान्ति बारेमा हुने प्रतियोगिताबाट १० जना छनौट हुने र मंसिर २२ गते तेस्रो चरणमा अर्को शीर्षकमा प्रतियोगिता गराई प्रथम, द्वितीय र तृतीय गरी उत्कृष्ठ प्रतियोगी छनौट गरी पुरस्कार वितरण गर्ने भएको छ ।
मंसिर २८ गते एक समारोहमा पुरस्कार वितरण गर्ने भएको संयोजक ओलीले बताउनुभयो । उहाँका अनुसार हरेक वर्षको बुद्ध जयन्तीको अवसरमा प्रतिष्ठानले यस्तै कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गर्ने भएको छ ।