भद्रपुर,७ मंसिर । झापा जिल्लाको सदरमुकाम भद्रपुर - धुलाबारी जोडने हडिया नदी माथिको पक्की पुल संचालनमा आएको छ ।
भद्रपुर सीमा छेउमै यस अघि भ्वाङ परेको पुल भत्किएपछि केहि दिन देखि सावरी साधन ओहोर दोहोर ठप्प वनेकोमा विहिवार देखि संचालनमा आएको हो ।
भ्वाङ परेको ठाउँमा बालुवा माटोले खाल्टो पुरेपछि पुलमाथिबाटै हल्का सवारी साधनहरु आवात जावात हुनथालेको छ भने पुलको दक्षिण भागमा खोलावाट डाइभर्सन वनाइ ठूला सवारीहरु आवागमन हुने गरी अस्थायी आवातजावातको व्यवस्था मिलाइएको भद्रपुर नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर योगेन्द्र रंन्जितकारले वताउनुभयो ।
भद्रपुर ९ र मेचीनगर १५ को सडक संन्जालसग जोडिएको हडिया नदीमाथि २०६८ सालमा पक्की पुल निर्माण गरीएको थियो । त्यही बेला पुलको दायाँ वायाँ तटबन्ध निर्माण नहुँदा संचालनमा आएको केहि वर्षभित्रै एक लेनको साँघुरो पुल जीर्ण बनेको थियो ।