झापा। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे फेरि उद्योगहरूको लाइन काट्ने चेतावनी दिनुभएको छ ।
आज बुधवार प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक घिसिङले हाललाई लाइन जोडिए पनि बक्यौता नतिरे फेरि काट्ने बताउनुभएको हो ।
उहाले विद्युत् बक्यौता नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताउनुभयो । ‘अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
‘आम नागरिकको १ हजार रुपैयाँ पनि तिर्न नसक्दा लाइन काट्ने र उद्योगको अर्बौं बक्यौता राख्न नसकिने पनि कुलमानले स्पष्ट पार्नुभयो । यसैगरी रकम नउठाउने प्रवृति रहे प्राधिकरण आर्थिक रुपमा समस्यामा पर्ने पनि उहाले स्पष्ट पार्नुभयो ।