साउन १ देखि बीएण्डसी र ओमसाईमा बीमा कार्यक्रम

image आँखा समाचारदाता ९ महिना अगाडी
image

बिर्तामोड, असार ३० । बीएण्डसी हस्पिटलले साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।बीएण्डसी हस्पिटलले आज पत्रकार सम्मेलन आयोजना गरेर साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो ।

हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बताए । विरामीहरूले स्वास्थ्य बीमा सेवा लिन आउँदा सम्बन्धित स्थानीय तहको स्वास्थ्य केन्द्रबाट सिफारिस समेत ल्याउनु पर्ने उनको भनाई छ ।
गिरीका अनुसार विरामीको उपचारमा गुणस्तरीय र झन्झटरहित सेवा दिने पहिलो प्राथमिकता रहने छ ।हस्पिटलले १० वटा काउन्टरबाट उक्त सेवा प्रदान गर्ने बताएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालका प्रमुख डा. विरेन्द्रकुमार यादवले नेपालका जुनसुकै हस्पिटलमा हुन सक्ने सेवा यहाँ पनि उपलव्ध हुने बताए ।

त्यस्तै भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा शुरू भएको आँखा उपचार सेवामा पनि विमा कार्यक्रम लागू हुने भएको छ ।
अस्पतालको मागबमोजिम राष्ट्रिय विमा बोर्डले यही असार २४ गते गरेको निर्णय अनुसार साउन १ गतेबाट आँखा उपचारमा पनि विमा सेवा शुरू हुने भएको हो ।

अस्पतालले पछिल्लो पटक थपेको आँखा उपचार सेवाका लागि दक्ष विशेषज्ञ टोलीसहितको सेवा प्रवाह गर्न थालेपनि विमा सेवा नहुँदा विरामी अन्यत्रै जान बाध्य थिए 

ad