लिलाराज कार्किको क्षितिज पारिको बस्ती माथी परिचर्चा

image आँखा संम्वाददाता ५ महिना अगाडी
image

युवराज रेग्मी श्रावण १२, झापा/ झापाको गौरादहमा प्रबासी नेपाली लिलाराज कार्किको कविता संग्रह " क्षितिज पारिको बस्ती " माथि चर्चा परिचर्चा गरिएको छ । गौरादह बिराटनगर सम्पर्क समाजको आयोजनामा आज श्रावण १२ गते सनिबार झापाको गौरादह नगरपालिका ३ धोबिनिया स्थित दशमी पार्टी प्यालेसमा एक औपचारिक कार्यक्रमका बिच पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरिएको हो ।

संखुवासभाको मादि मुलखर्कमा बि.स. २०१७ सालमा जन्मभइ बसाई सराइसगै झापा जिल्लाको महारानीझोडामा जीवनयापन गर्नेक्रम सगै जीवन भोगाइका क्रममा बि. स. २०४९ सालदेखि प्रबासी भुमी जर्मनमा जीवन यापन गर्दै मातृभुमी र मातृभाषा प्रतिको माया लाई निरन्तर सङ्गाल्दै आएका लिलाराज बाल्यकाल देखिनै गित संगीतमा अभिरुचि राख्ने गर्दथे ।

भनिन्छ मानिस आफ्नो स्वभाबमा जन्मिन्छ अनि आफ्नै स्वभाबमा हुर्कदै आफ्ना अभिरुचि अनुरुप आफुलाइ डोहोर्याउदै अघिबड्ने गर्द्छ । सोहिअनुरुप मानिसहरु फरक फरक बिधा र पेसामा आबद्ध हुनेगरेको पाइन्छ । सोहिअनुरुप कवि लिलाराज हाल प्रबासी मुलुक जर्मनमा रहदा पनि त्यहा स्थित विभिन्न सामाजिक संघ सस्थामा आबद्ध रहदै आफ्नो अभिरुचि अनुरुपका साहित्य सिर्जनामा निरन्तर लागि पर्दै प्रबासी नेपालिको पहिचान कायम राख्न तल्लिनछ्न ।

सोही सिलसिलामा प्रबासमा रहेरपनि आफ्नो जन्मभुमि नेपाल प्रती समर्पण राख्दै सङ्गालेका कविताहरुलाइ पुस्तकिय रुप दिएकाछ्न । कार्किले आफ्नो "क्षितिज पारिको बस्ती " कविता संग्रहमा साहित्यिक कविता , ब्यक्तिगत भाबनात्मक कविता , बेदान्त कविता , मातृभुमी अर्थात देश प्रतिको ममता भाबका कविता , प्रबाशी भाबनाका कविता ,प्रकृतिप्रेमका कविता , जन्मस्थल बर्णित कविता ,समसामयिक कविताको साथमा गितिकविता र बालगित समेत समाबेश गरि जम्मा ९० वटा कविता समाबेश गरेकाछ्न ।

प्रबाशमा रहेरपनि आफ्नो जन्मभुमिलाई नियालिरहेका कार्किले आफुले देश छोड्दाको समय भन्दा हाल देशमा ठुला फराकिला सडक , अग्ला र सुन्दर भबनका साथै केहि कलकारखाना खुलेको देख्दा आफ्नो मातृभुमीमा बिकासले निक्कै फड्को मारेको आभाष भएपनि अर्कोतर्फ हालसम्मपनि लोकतान्त्रिक ब्यबस्थापन राम्ररी फस्टाउन नसकेको देख्दा सबैको मुलनीति राजनितिको सकारात्मक बिकासको आशामा आफुहरु अजैपनी कतिसमय पिरोलिनुपर्ने हो भन्दै पुस्तकको माध्यम बाट पाठक समक्ष आफ्नो मातृभुमी प्रतिको चिन्ता पस्किएकाछ्न ।

उनको कविता संग्रहमा लेखक तथा साहित्यकार प्रदिप नेपाल , बिजय सुब्बा , डा. यज्ञ अधिकारी , नरनाथ लुइँटेल लगायतले शुभकामना समिक्षा गरेकाछ्न । गन्तव्य प्रकाशन काठमाडौले प्रकाशन गरेको कार्किको कविता सङ्ग्रलाई नेपाल टेलिभिजनका सिनियर ग्राफिक आर्टिस्ट अमर बालकले आकर्षक कभर डिजाइन दिएकाछ्न !