कनकाई, असार ३० । आमाको स्मृतिमा सञ्चारकर्मी रामप्रसाद निरौलाले कनकाई नगरपालिका–४ कोटीहवनस्थित संस्कृत विद्यालयलाई सहयोग गरेका छन् ।
सुरुङ्गाबाट प्रकाशन भइरहेको कनकाई खबर साप्ताहिक र कनकाई खबर डटकम अनलाइनका सम्पादक रहेका निरौलाले आफ्नी स्वर्गवासी माता हेमकला निरौलाको जन्मजयन्तीमा कोटिहवनस्थित कनकाई गायत्री विद्यापीठका लागि कार्पेट दिएका हुन् ।
निरौलाका पिता टीकाराम निरौला, पत्नी शान्ता निरौला, छोरा सार्थक , छोरी समृद्धि निरौलालगायतले कोटीहवन धार्मिक संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल खतिवडालगायतलाई सामग्री हस्तान्तरण गरेका थिए ।