सडक मर्मत र संरक्षण प्रभावकारी बनाउन मन्त्री दाहालको निर्देशन

image आँखा संम्वाददाता ३ महिना अगाडी
image


९ साउन, २०८१ / काठमाडौ÷भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक मर्मत र संरक्षणलाई चुस्त बनाउन निर्देशन दिनु भएको छ ।मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा कार्यालयहरुको अनुगमनका क्रममा सडक वोर्ड नेपालमा पुग्नु भएका मन्त्री दाहालले वर्षायाममा यात्रु अलपत्र नहुने गरि सुरक्षित रुपमा सडक मर्मत र सुरक्षामा परिचालितहुननिर्देशनदिनु भएको हो । 
अधिकांश नेपाली यात्रु सडक मार्गमानै निर्भर रहेकाले यसलाई अवरुद्ध हुननदिने गरि सवै कार्यालय र जनशक्ति परिचालित गर्न उहाँको निर्देशनथियो । सडक निर्माणसँगै मर्मत र संरक्षण पनि जरुरी रहेको भन्दै मन्त्री दाहालले मुख्य राजमार्ग, सहायक राजमार्ग तथा ग्रामिण सडकहरुको नियमित मर्मतलाई प्रभावकारी बनाई यातायातलाई सरल र सहजबनाउन समेत उहाँले वोर्डलाई निर्देशनदिनुभयो । 
त्यस क्रममामन्त्रालयका सचिवगोपालप्रसादसिग्देलले वोर्डलाई प्रभावकारी बनाउने केहि नीतिगत सुधारको कदम अघि बढि सकेको मन्त्रीदाहाललाई जानकारी गराउनुभयो । वोर्डकाकार्यकारी निर्देशक गणेशबहादुर केसीले वोर्डलाई प्राप्तहुने विभिन्नश्रोतको रकम सोझै वोर्डमाप्राप्तहुने कानुनीव्यवस्था रहेकाले त्यसलाई कार्यान्वयनगरि दिनमन्त्री समक्षमागगर्नु भयो ।