झापा, ६ साउन । झापाको भद्रपुरस्थित भद्रपुर कला, साहित्य तथा संगीत प्रतिष्ठानको पहिलो बार्षिक स्थापना दिवस हिजो विविध कार्यक्रम गरी मनाईएको छ ।
भद्रपुर नगरपालिकाले गठन गरेको प्रतिष्ठानको हिजो एक बर्ष पुगेको अवसरमा भद्रपुर नगरपालिकामै विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो ।
प्रतिष्ठानका उपाध्यक्ष फणिन्द्र पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक बर्षमा प्रतिष्ठानले गरेका गतिविधिको समीक्षा गर्नुका साथै कविता बाचन, गीत गायन र शुभकामना मन्तव्य पनि दिइएको थियो ।
साहित्य तर्फकी उपाध्यक्ष खगिन्द्रा खुशीको संचालन, सचिव डिल्लीरमण नेपालको स्वागत मन्तव्यसहित भएको कार्यक्रममा राजु बराल, उषा गुरुङ, राजेश ढुंगाना, सत्यनारायण तायल, होम सुवेदी, महेन्द्र कोइराला लगायतले कविता बाचन गर्नुभएको थियो भने गायक अर्जुन खरेल,निरज पोखरेल र डिल्लीरमण नेपालले गीत प्रस्तुत गर्नुभएको थियो ।