जंगली हात्तीले बिर्तामोड– ७ मा चारवटा घर भत्कायो

image आँखा समाचारदाता ९ महिना अगाडी
image

बिर्तामोड, असार ३० । जंगली हात्तीले आज बिहान बिर्तामोड– ७ मा चारवटा घर भत्काएर क्षति गरेको छ ।वडा न.७ डाँडागाउँ बस्ने नवराज लिम्बू , डम्बर बिक, सोनु सुनुवार र खालबारी बस्ने खगेन्द्र घिमिरेको घर भत्काएर क्षति गरेको हो ।

बिहान अन्दाजी २ बजेको समयमा चार वटाको संख्यामा आएका जंगली हात्तीको समूहले डाँडागाउँ बस्ने नवराज लिम्बूको टिनको छानो,ईटाको पर्खाल भएको दुईतले टाँडेघरको पर्खाल भत्काई एक लाख पचास हजार बराबरको क्षति गरेको छ ।

त्यस्तै सोही ठाउँ बस्ने डम्बर बिकको टिनको छानो,ईटाको पर्खाल भएको एकतले घरको पर्खाल भत्काई घरभित्र रहेको अन्नपात खाई अन्दाजी ५० हजार बराबरको क्षति गरेको छ भने सोनु सुनुवारको टिनको छानो,ईटाको पर्खाल भएको एकतले घरको पर्खाल भत्काउँदा अन्दाजी ७० हजार बराबरको क्षति भएको छ ।


त्यस्तै खालबारी बस्ने खगेन्द्र घिमिरेको टिनको छानो,काठको घेराबारा भएको दुईतले टाँडे घरको घेराबेरा भत्काई घरभित्र रहेको अन्नपात खाई अन्दाजी ४० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।हात्तीले जम्मा ३ लाख १० हजार बराबरको क्षति गरेको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

ad