चट्याङले लागेर मेचीनगरमा एक हल राँगा मर्यो

image आँखा समाचारदाता ७ महिना अगाडी
image

झापा, असार ३ । चट्याङले लागेर झापाको मेचीनगरमा एक हल राँगा मरेको छ ।

आज बिहान ४ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधिराखेको दुईवटा राँगा अबिरल बर्षासंगै परेको चट्याङ लागेर मरेको हो । जसबाट १ लाख ५० हजार बराबरको क्षति भएको छ । चट्याङले लागेर सोही गोठमा बाँधिराखेको एउटा माउ भैसीको देब्रेपट्टिको करङमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै हिजो राति परेको चट्याङले लागेर बिर्तामोड ९ नरियावारी बस्ने झालो राजवंशीको बिजुलीको मिटरबक्समा क्षति पुगेको छ । राति २ बजेतिर परेको चट्याङले लागेर राजवंशीको विजुलीको मिटरबक्स , टीभी , फ्रिजको वाइरिङ र वाइफाइको राउटरमा क्षति पुगेको र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।