चारआली महोत्सवमा बुधबार धुर्मुस-सुन्तली आउने

image आँखा संम्वाददाता ११ महिना अगाडी
image

चारआली । गुम्बाको चौतर्फी बिकास-उन्ननय गर्ने उद्देश्यले झापाको चारआलीमा संचालित ‘चारआली सांस्कृतिक महोत्सव-२०८०’ मा भोलि बुधबार कलाकार धुर्मुस-सुन्तलीको प्रस्तुति रहने जनाइएको छ ।

दैनिक साँझ महोत्सवमा राष्ट्रिय कलाकारको आगमनसहित सांङ्गीतिक संगीतमय प्रस्तुतिका कारण उत्साह थपेको छ । अझ महोत्सवमा हास्यव्यंग्य टेलिसिरियलबाट सबैको मन मस्तिष्कमा रहन सफल कलाकार धुर्मुस-सुन्तलीको आगमन हुने भएपछि त्यस क्षेत्रको माहोल तातेको छ ।

त्यति बाक्लो चिसोको प्रवाह नगरी स्थानीय तथा राष्ट्रिय कलाकारको संगीतमय प्रस्तुतिलाई नजिकबाट अवलोकन गर्न बेलुकासम्म दर्शकको उपस्थिति बाक्लै देखिन थालेको छ ।

सांस्कृतिक महोत्सव सुरुवातीको अर्कोदिन शुक्रबार गायक डम्बर नेपालीले बेजोड साङ्गीतिक प्रस्तुति गरेका छन् । महोत्सवमा शनिबार झापाली गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री)ले दर्शकको मन जित्ने गीत प्रस्तुत गर्दै महोत्सवस्थलको माहोल तताएका थिए ।

आइतबार साँझ चर्चित राष्ट्रिय गायिका ज्योति मगरले आफ्नो प्रस्तुती देखाएकी थिइन् भने सोमबार साँझ गायक कमल खत्रीले मेलाका पारखीलाई नचाएका थिए ।

मेचीनगर-१३ मा निर्माण गरिएको टाँसी फुन छोग् छोई खोरलिङ नामको धार्मिक स्थल गुम्बाको चौतर्फी बिकास-उन्ननयका लागि सांस्कृतिक महोत्सवको आयोजना गरिएको अध्यक्ष फुर्वा लामाले बताए ।