भद्रपुर प्रेस क्लबको आयोजनामा पत्रकारिता तालिम सुरू

image आँखा सम्वाददाता शनिबार, जेष्ठ ६ २०८०
image

भद्रपुर । भद्रपुर प्रेस क्लबको आयोजनामा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने आधारभूत पत्रकारिता तालिम तथा कार्यशाला सुरू गरिएको छ ।

क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगरभित्र रहेका नव प्रवेशी एवम कृयाशील पत्रकारहरूको क्षमता अभिवृद्धि लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।

बरिष्ठ पत्रकार युवराज गौतमले प्रशिक्षण प्रदान गरिरहेको प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा नेपभल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, कोशी प्रदेशा पूर्वा मन्त्री ओमप्रकाश सरावगी, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज लगायतले शुभकामना मन्तव्य राखेका थिए भने भद्रपुरमा पत्रकारिता गरिरहेका २० जना बढी पत्रकारले प्रशिक्षणमा सहभागिता जनाएका छन् ।