सिद्धार्थ शिशु सदनमा OXFORD को थप कोर्ष पढाइ हुने

image आँखा संवाददाता आइतबार​, चैत्र १९ २०७९
image

भद्रपुर ।सिद्धार्थ शिशु सदनमा OXFORD को थप कोर्ष पढाइ हुने भएको छ /  वि स २०४३ सालमा भद्रपुरमा स्थापना भइ हाल भद्रपुर ५ मा संचालित सिदार्थ शिशु सदनले आफ्नो स्थापनाकाल देखिनै उचित शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्नुको  साथै थप २ वटा विशेषताहरु अनुशासन र English Speaking को कारणले समाजमा छुट्टै छाप छोडन सफल भएको छ ।

यस विध्यालयले आफ्नो स्थापनाकाल देखि नै अग्रेजी विषयको शिक्षाको लागी झापा जिल्लामा मात्र नभइ पूर्व क्षेत्रमा नै पहिलो पटक Oxford र Cambridge का कोर्षहरुलाइ अग्रेजी  भाषाको पढाइ तथा सिकाइको रुपमा प्रयोगमा ल्याइसकेको विध्यालयका प्रधानाध्यपक श्याम देवानले वताउनुभयो ।

स्थापनाकाल देखि नै प्रत्येक कक्षामा अग्रेजीको मात्र ३ वटा फरक फरक कोर्षहरु पढाइ भइरहेकोमा २०८० साल वैशाख ३ गतेवाट शुरु हुने नँया शैक्षिक सत्रमा थप गुणस्तरिय वनाउन पढाइ तथा सिकाइको लागि थप नँया विधिहरु अपनाउनुको  साथै प्राथमिक तहमा Oxford को Conversation  कोर्ष समेत पढाइ हुने विध्यालयका प्रवन्ध निर्देशक प्रकाश भण्डारीले जानकारी दिनुभयो ।
कक्षा ११ र १२ मा  Hotel Management, Computer Science र Business Studies जस्ता विषयमा पढाइ भइरहेको यस विध्यालय विगत ३७ वर्ष देखी नेपाल मात्र नभइ भारतको विहार र पश्चिम वंगालको सिमावर्ती क्षेत्रका विध्यार्थी तथा अभिभावकहरुको पहिलो रोजाइको विध्यालय वन्न सफल भएको च्यावनमणी पोखरेलले वताउनुभयो ।