नेतालाई खादामाला हैन प्रश्नले स्वागत गरौँ

image रमेश ढकाल  मङ्गलबार, बैशाख ५ २०८०
image

हाम्रा नेताहरुले देशमा राजनीतिकस्थिरताकायम गरेर, पर्याप्त रोजगारी, उत्कृष्ट स्वास्थ्य सेवा, जीवनोपयोगीशिक्षा, आरामदायकआवास, मनोरञ्जन, यातायातलगायतकातमाम सेवा सुविधाहरु उपलब्ध गराएर नेपाललाई सिंगापुर जस्तै बनाउँछौँ भनेर भनेको तीनदशकभन्दापनि धेरै भइसक्यो । तर अहिले सम्मसिङ्गो नेपालको के कुरा गर्नु, नमुनाका रुपमा नेपालभित्रको कुनै एउटा गाउँपनि राम्रो बन्न सकेको छैन ।

तर विडम्बना के छ भने अझै पनिहामीले हाम्रा नेताहरुलाई प्रश्न सोध्ने हिम्मत जुटाउन सकिराखेका छैनौँ । किन? यो प्रश्न  अब हरेक नेपालीले आफैलाई सोध्नु पर्ने बेलाआएको छ ।

देशमा राजनीतिकदलहरु कयौं खुलेका छन् । यीकयौँ दलकाकयौँ नेताहरु पटक पटक सांसद, मन्त्री, प्रधानमन्त्रीबनिसकेका छन् । अब हरेक नेपालीले आफ्नो क्षेत्रबाट जितेर गएको  सांसद (मन्त्रीवाप्रधानमन्त्री) वा हरेक नेताहरुलाई प्रश्नगर्ने हिम्मत गरौँ । हरेक दलका घोषणा पत्रहरूमाअत्यन्तै महत्वका साथ लेखिने केही साझाविषयहरु छन् । हामीतिनै विषयहरुलाई आधार बनाएर, आफ्नो क्षेत्रबाट निर्वाचितजनप्रतिनिधिहरुलाई यस्ता केही साझाप्रश्नहरु सोध्न सक्छौँ । 

प्रश्न–१ः यो देशमाव्याप्त भ्रष्टाचार निर्मूल पार्नका लागिअहिले सम्मतपाईंले के कस्ताभूमिकानिभाउनु भयो र यस सम्बन्धमाआफ्नो भूमिकाअझप्रभावकारी बनाउनभोलिकादिनमा कसरी अघि बढ्ने सोच बनाउनु भएको छ ।

प्रश्न–२ः तपाईंले लिनुभएको नीतिवागर्नु भएको कुनै पहलले अहिले सम्मकति संख्यामानयाँ रोजगारीकाअवसरहरू सिर्जना हुन सके ?तपाईंको पहलमाअहिले सम्मकति संख्यामा बेरोजगारहरुले रोजगार पाउन सफलभए?

प्रश्न–३ः तपाईंले लिनुभएको नीतिवागर्नु भएको कुनै पहलको परिणाम स्वरुप बनेको कुनै एउटा त्यस्तो अस्पतालको नामभनिदिनुस्, जहाँजनताले कुनै पनिप्रकारको सकस या सास्तीको सामनानगरिकन सन्तोषजनक सेवालिनपाएकाहुन् । अहा ! कस्तो व्यवस्थितअस्पतालभनेर जनताले उक्तअस्पतालको प्रशंसा गर्ने गरेका हुन् । 

प्रश्न–४ः तपाईंले लिनुभएको नीतिवागर्नु भएको कुनै पहलको परिणाम स्वरुप बनेको कुनै एउटा त्यस्तो स्कुलको नामभनिदिनुस्, जहाँजनताका छोराछोरीले १२ कक्षा सम्मको पढाई सक्दा अब कसरी गरि खाने होलाभनेर चिन्तागर्नु पर्ने अवस्था नरहेको होस् । 

प्रश्न–५ः तपाईंले लिनुभएको नीतिवागर्नु भएको कुनै पहलको परिणाम स्वरुपखुलेको कुनै एउटा त्यस्तो उद्योगको नामभनिदिनुस्, जहाँहजार पन्ध्र सय मान्छेहरुले रोजगार पाएकाहुन् ।

प्रश्न–६ः ठ्याक्कै तपाईंकै पहलको परिणाम स्वरुपतपाईंकै क्षेत्रमाभएको कुनै एउटा परिवर्तन वाकामभनिदिनुस्, जसलाई आजको पिँढीले मात्र हैन, आउने पिँढीले पनि सम्झनागर्न सकोस् ।

यी त केहीप्रतिनिधिप्रश्नहरु मात्रभए । प्रश्नयी नै र यस्तै नै हुनु पर्छ भन्ने छैन, तर आफ्नो क्षेत्रबाट जितेर गएकाजिम्मेवार जनप्रतिनिधिहरुलाई प्रश्न  गरौँ । हाम्रो प्रश्नगर्ने बानीले उनीहरुलाई जवाफदेहीबन्न कर लाग्ने छ । जिम्मेवारी महसुस गर्न वाध्यपार्ने छ । म जवाफदेहीबन्नु पर्ने रहेछ भन्ने कुराको बोध गराउने छ ।

हेर्नुस्, हामीले जस्ता सुकै तर्क गरे पनि जसरी धर्महरू कुनै गलत छैनन् त्यसै गरेर, कुनै राजनीतिकविचार पनिआफैमा नराम्राभने छैनन् । सबैले देश र जनताको भलो नै चिताएका हुन्छन् । समस्याधर्ममा हैन, धर्म गुरुमा छ । हामीअनुयायीमा छ । यसै गरेर समस्या राजनीतिकविचार वादलमा हैन, समस्यातिनका नेताहरुमा छ । तिनकाकार्यकर्ताहरूमा छ । समस्यातपाईंमा छ । समस्या म आफैमा छ । दागहाम्रो आफ्नै अनुहारमालागेको छ तर हामीदर्पण पुछेर समय वर्वाद गरिराखेका छौँ ।   

हामीले यस्ता देशहरु पनि देखेका छौँ, जहाँ राजाको शासनभएर पनि देश अत्यन्तै समृद्ध छ । जनताहरु पनिखुसी छन् । अर्को तर्फ, यस्ता देशहरु पनि छन्, जसमाजनताले चुनेको राष्ट्रपति÷प्रधानमन्त्रीले शासन गर्छन् तर पनि देश अत्यन्तै गरीव छ । त्यहाँकाजनताको जीवन कष्टकर छ । 

हाम्रो इतिहासमाहामीले यस्ता राजाको बारेमापनि पढेका छौँ, जो आफ्नाप्रजाले नखाए सम्मआफु खाँदैन थिए । हामीले गणेशमान सिंह, मनमोहनअधिकारी, कृष्ण प्रसाद भट्टराई जस्ता नेताहरु पनिपायौँ । र हामीले यस्ता नेताहरु पनिपाएकाछौँ, जो सहिद परिवारलाई भैँसीउपहार दिएर सहिदका छोराछोरीलाई गोठालो बनाउँछ, अनिआफ्ना छोराछोरीहरूलाई भने पढ्नकालागिविदेश पठाउँछ । 

तर हाम्रो विडम्बना के छ भने, हामीयस्ता नेताहरुलाई प्रश्नको भार भिराउनुको बदलमा, फुलको हार दिएर स्वागत गर्छौँ ।       

आज नेताहरु बिग्रिएकाहामीले प्रप्रश्न  नै नगरेर हो । नेताहरुलाई छाडा छोडिदिएकाले   हो । नेताहरुलाई उत्तरदायीबनाउननसकेर हो । हामीले नेताहरुलाई प्रश्नगर्न थाल्ने हो भने – नेताबिग्रिनचाहेर पनिबिग्रन सक्दैनन् । 

हेर्ने हो भने आज हरेक दलमा केही राम्रायुवा नेताहरु पनि छन् । उनीहरुमा देश र जनताकालागि केही गरौ भन्ने नयाँजोस, नयाँउत्साह,  इच्छाशक्ति पनि देखिन्छ । तर कतिअवस्थामाउनिहरुको बाटोमाउनीहरुकै दलको नेतृत्वतगारो बनेर आउने गरेको हामीले देख्ने गरेका छौँ । यसरी देश र जनताकालागि केही गरौ भन्ने हुटहुटी लिएकायुवाहरुलाई कतै दलहरु भित्रकाआन्तरिक किचलोले  पछि पारेको छ त, कतै पूर्वाग्रहको सिकार बनाइने गरिएको छ ।    

खास गरेर पुरानादलभित्र सधैं जसो देखिने यस्तै खाले खिचातानी, बेथिती, बेचलनतथानातावाद, कृपावाद र चाकडीवाद लगायतकाविसङ्गतिहरुका कारण देश कहिल्यै उँभो लाग्ननसक्ने भयो भनेर दिक्कभएकाजनताले गएको निर्वाचनमा केहीनयाँभनिने पार्टीहरुलाई पनि राम्रो मतदिएर नीतिनिर्माण गर्ने ठाउँमा पु-याएका छन् । 

तर विडम्बना, राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना संसदले मन्त्रीबन्नकालागि पैसा बुझाउनु पर्ने भन्दै एक व्यवसायीसित २ करोड रुपैयाँमागेको अडियो हालैमाबाहिरिए संगै नयाँभनिएकादलपनिविवादरहितबन्न सक्ने देखिएको छैन । खैर, उक्त सांसदको सांसद पद खारेज गर्दै दलको साधारण सदस्य समेत नरहने गरी भएको कारबाहीले भने पुरानादलहरुको तुलनामा रास्वपा खरो उत्रिएको देखिन्छ । रास्वपाको यो कदम सकारात्मक त छ नै, संगसंगै अन्य पुरानादलहरुकालागिउदाहरणीय पनि बनेको छ । 

अहिलेको नयाँदल रास्वपा, पुरानादलहरुको लागिआँखाको कसिङ्गर जस्तै बनेको छ । अझअन्तर्राष्ट्रिय रूपमापनि राम्रो पहिचानबनाएकायुवा अर्थशास्त्री स्वर्णिम वाग्ले, आफु आवद्ध दलभित्रको विसङ्गति सहननसकेर रास्वपा छिरे संगै धेरैलाई औडाहा भएको छ । वाग्ले बिरुद्ध उनी आवद्ध पुरानो दलकायुवा नेताहरु नै पनिखनिने गरेको देखिन्छ । यो अत्यन्तै दुर्भाग्यपूर्ण छ । 

नेपालको राजनीतिमायुवा नेताहरुकै बीचमाहुने गरेको यस्तो खाले अस्वस्थप्रतिस्पर्धा राम्रो संकेत होइन । जुनसुकै राजनीतिकदलमा रहे पनि, आजकायुवा नेताहरुले स्वस्थ राजनीतिक संस्कारको विकासमाजोड दिनु पर्छ । 

कतिपयले रास्वपालाई विचारहीन, सिद्धान्तहीन भनेर आरोप लगाउने गरेको पनि सुनिन्छ । साँच्चिकै तथष्ट भावना राखेर बिचमाउभिएर हेर्ने हो भने, यस्ताआरोपहरु अत्यन्तै पूर्वाग्रहीवा दुराशयी भावबाट प्रेरित भएर आएका देखिन्छन् । हामी सबैले बुझेको सामान्य कुरा, आफु गतिलो देखिनकालागि, मैले कसैलाई निर्गतिलो सावितगर्नु पर्छ भने, मेरोलागि यो भन्दादयनीयअवस्थाअर्को के हुनसक्छ होला र ! 

यतिकावर्ष राजनीति गरेर, राज्यसत्ता सम्हाल्दै आएकाहरु संग आजजनतालाई सुनाउनकालागि राम्रो केहीनहुनु । र फगतअरुलाई नराम्रो देखाएर, जनताका सामु आफु राम्रो देखिने दुष्प्रयास गर्नु यो अत्यन्तै दुखद् अवस्थाहो । 

खैर, अब आमजनता बाठा बनिसकेका छन् । अब जनतालाई झुक्याउन, ढाँट्न सजिलो छैन । यो कुरा पुराना राजनीतिकदलका नेतातथाकार्यकर्ताले जति छिट्टो बुझेर सुध्रन्छन्, उत्ति नै धेरै हानी हुनबाट जोगिन सक्छन् । 

अन्त्यमा, २०८० साल एउटा वर्षका रुपमामात्रनयाँ हैन, हामीले अनुभवगर्ने परिवर्तनकाहिसाबले पनिनयाँ सावितहुन सकोस् – सबैमाशुभकामना !

रमेश ढकाल 
भद्रपुर–झापा (हाल दोहा–कतार)

dhakalrp@gmail.com