देशका सबै परिवर्तनमा कांग्रेसको नेतृत्व      

image रश्मीशेखर सुवेदी मङ्गलबार, चैत्र ७ २०७९
image

                       
सुनमाई ७ चैत्र । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले नेपालको लोकतान्त्रिक आन्दोलनमा क्रान्ती र शान्तिको नेतृत्व गरेको काङ्ग्रेसलाई नेपाली जनताले सधैं साथ दिएको बताउनु भएको छ ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा गिरिजाप्रसाद कोइरालाको सम्झनामा नेपाली काङ्ग्रेस बुद्धशान्ति ७ न. वडा समितिद्वारा आयोजित १३ औं स्मृती दिवस कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा आज  सुनमाईमा सम्बोधन गर्दै युवा नेता हुमागाईले नेपालको सबै राजनैतिक आन्दोलन र परिवर्तनहरुमा काङ्ग्रेसले नेतृत्व गरेको स्मरण गर्नुभयो ।
माओवादीको शसस्त्र बिद्रोहलाई १२ बुदे सहमति, संसद पुनस्र्थापना, बिस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन हुँदै गणतन्त्र स्थापनामा गिरिजाबाबुले पु¥याएको योगदानलाई देशभक्त  नेपाली र नेपाल राष्ट्रले सधैं सम्झिरहने हुमागाईले बताउनु भयो ।  
नेपाली काङ्ग्रेस २ न क्षेत्रीय सभापति खगेन्द्र मैनालीले तरुण, युवा, बिद्यार्थी र मजदुर–किसानबीच लोकप्रिय नेता गिरिजाबबुको अभाव मुलुकलाई खडकिइरहने बिचार ब्यक्त गर्नुभयो ।तरुण, युवा, बिद्यार्थी र मजदुर–किसानबीच लोकप्रिय नेता गिरिजाबबुको अभाव मुलुकलाई खडकिइरहने नेता मैनालीको विचार थियो ।

नेपाली काङ्ग्रेस ७ न वडा सभापति दिपेन लावतीको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला सदस्य गिता ढुंगाना, नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि रश्मीशेखर सुवेदी लगायतले गिरिजाबाबुले पु¥याउनु भएको योगदानको परिचर्चा गर्नुभएको थियो ।          
खगेन्द्र गडतौलाले स्वागत मन्तब्य राख्नु भएको सो कार्यक्रमको संचालन भवानी गडतौलाले गर्नुभएको थियो । यसैबीच कार्यक्रमस्थलमा रहेको सहिद याम आचार्यको सालिकमा सरसफाई  र माल्यार्पण गरिएको थियो ।