राम कट्टेलकाे `जीवनका माेडहरू´ विमाेचन

image आँखा संवाददाता मङ्गलबार, चैत्र ७ २०७९
image

झापा / राम कट्टेलद्वारा लिखित कविता संग्रह ` जीवनका माेडहरू´ आज एक कार्यक्रमका बीच विमाेचन गरिएकाे छ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले धुलाबारीकाे अतिथि सदनमा पुस्तककाे विमाेचन गर्नु भयाे ।

डिल्लिराम कट्टेल स्मृति प्रतिष्ठानले आयाेजना गरेकाे पुस्तक विमाेचन कार्यक्रममा बाेल्दै सांसद शर्माले जीवनका माेडहरूकाे प्रकासनले राम कट्टेलकाे परिचय थप फराकिलाे बनाएकाे बताउनु भयाे ।

प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका लेखक कट्टेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद गाेपाल तामाङ, चन्द्र भण्डारी, पुण्यप्रसाद खरेल, शिवकुमार पाैडेल र केशवराज पाण्डेले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

देवेन्द्र गाैतमकाे सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा पुस्तकका बारेमा सहात्यिकार बनाेद खनालले चर्चा गर्नु भएकाे थियाे ।