मेचिनगर नगरपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा महेन्द्र विश्वकर्मा जाने

image आँखा सम्वाददाता बिहीबार, फागुन १८ २०७९
image

काठमाण्डौ । लामो समय देखि प्रमुख प्रशासकिय अधिकृत बिबादमा रहेको झापाको मेचिनगर नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाएको छ । सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका उपसचिव महेन्द्र विश्वकर्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको खटाईएका छन । 
नगरपालिकाका जनप्रतिनिधिले यस अघिका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर रोक लगाइएका थिए  । प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाई कार्यालय आउँदा नगरउपप्रमुख मिना उप्रेती सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले हाजिरमा रोक लगाएका थिए । 
यस अघि कार्यापालिकालाई असहयोग गरेको भन्दै पुस १८ गतेको कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईबाट नगरको बजेट खर्च गर्ने अधिकार स्थगन गर्ने निणर्य सम्मको कावार्ही गरिएको थियो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवहरूलाई स्थानीयमा खटाएको छ ।  कतिपय स्थानमा भने अवधि नै नपुगेका तथा कुनै विवाद नभई कामकाज गरी रहेका प्रमुख प्रशासकीय अधिकृतहरूलाई समेत सरुवा गरिएको छ । सरकारले थप २७ जना उपसचिवको सरुवा गरेको हो ।