उद्योगी आदित्यको अध्यक्षतामा भद्रपुर क्रिकेट संघ गठन

image आँखा संवाददाता बिहीबार, चैत्र २ २०७९
image

भद्रपुर २,चैत / युवा उद्योगी आदित्य पराजुलीको अध्यक्षतामा भद्रपुर क्रिकेट संघ गठन भएको छ। आठ नम्बर वडा कार्यालयमा बुधबार भएको खेलप्रेमीहरूको भेलाले १७ सदस्यीय भद्रपुर क्रिकेट संघ र ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो।

समितिको उपाध्यक्षद्वयमा उद्यमी मनोज श्रेष्ठ र राजन भट्टराई, महासचिव टहलदास मैनाली,सचिव शिवु बुढाथोकी र कोषाध्यक्षमा अजय साहेवाला रहनुभएको छ।

त्यस्तै, सदस्यहरूमा विशाल राई, शेखर खड्का, अङ्कित सुवेदी, सागर कार्की, प्रवेश कामती, विपिन महतो, गिरिश शाक्य, भरत गुरुङ, कविन राई, स्मिज ढकाल र प्रज्ज्वल राई लगायत हुनुहुन्छ।

भद्रपुर नगरप्रमुख गणेश पोखरेल र ८ नं.वडा अध्यक्ष गौरव सुव्वा-मनोज संरक्षक रहने गरी गठन गरिएको संघको सल्लाहकारमा छत्रप्रसाद अधिकारी, टीकाराज ढकाल, किशोर पराजुली, प्रकाश अधिकारी, राजेश गुप्ता र दिपेश ढकाल रहनुभएको छ।

सोही भेलाले नव गठित भद्रपुर क्रिकेट संघलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर आधिकारिक संस्थाको रूपमा चलायमान बनाउँदै छिट्टै स्तरीय क्रिकेट प्रतियोगिता गराउने लक्ष्य राखेको जनाइएको छ।