म्यानचेष्टर सिटी विजयी

image आँखा संवाददाता शनिबार, फागुन २७ २०७९
image

२८ फागुन । म्यानचेष्टर सिटी इंग्लयाण्डमा जारी इंग्लीस प्रिमियर लीग फुटबलको गएराती सम्पन्न खेलमा विजयी भएको छ । क्रिष्टल प्यालेसलाई १–० गोलले हराउँदै म्यानचेष्टर सिटी विजयी भएको हो । यो जितसँगै दोश्रो स्थानको सिटीको ६१ अंक भएको छ । शीर्ष स्थानको आर्सनलको ६३ अंक छ ।

यसैगरी गएरातीकै अर्को खेलमा बर्नमाउथले लिभरपुललाई १–० गोलले हराएको छ । लिभरपुलका मोहम्मद सलाहले पेनाल्टी मिस गर्दा बर्नमाउथ विजयी भएको हो । जितसँगै पुछारको बर्नमाउथ २४ अंकसहित १७ औं स्थानमा उक्लिएर रेलिगेसनबाट जोगिएको छ ।  

त्यस्तै गएरातीकै अन्य खेलमा चेल्सीले लेष्टर सिटीलाई ३–१ ले, टोटनह्यामले नटिङ्घम फोरेष्टलाई पनि ३–१ ले र एभर्टनले ब्रेन्टफोर्डलाई १–० ले हराउँदा लिड्स युनाइटेड र ब्राइटनले २–२ गोलको बराबरी खेलेका छन् ।  

यस्तै स्पेनिस ला लिगा फुटबलको गएरातीका खेलमा दोश्रो स्थानको रियल मड्रिड विजयी भएको छ । रियलले एस्पानोयललाई ३–१ गोलले हराएको हो । जितसँगै रियलको  ५६ अंक भएको छ भने शीर्ष स्थानको बार्सिलोनाको ६२ अंक छ । 

यस्तै रातीकै अन्य खेलमा सेल्टा भिगोले रायोभालेकानोलाई ३–० ले हराउँदा एल्ची र भालाडोलिडले १–१ गोलको बराबरी खेलेका छन् ।