११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस - भद्रपुरमा महिला म्याराथन प्रतियोगिता सम्पन्न

image आँखा संवाददाता बुधबार, फागुन २४ २०७९
image

भद्रपुर,२४ फागुन / ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भद्रपुरमा महिला म्याराथन प्रतियोगिता सम्पन्न गरिएको छ ।

भद्रपुर नगरपालिकाको आयोजन तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा २० वर्ष माथिका महिलाहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।

मेची पुलदेखि प्रारम्भ गरी मेची रंगशालामा सम्पन्न भएको प्रतियोगितामा प्रथम सुस्मिता राई, द्वितीय रूपा राई र तृतीय विन्दा राई हुनुभयो भने अनिता तामाङ र दुर्गा किस्कुले सान्त्वना पुरस्कार प्राप्त गरे। दौड प्रतियोगिताका विजेता महिलाहरूलाई रंगशालामा कोण सभा आयोजना गरी पुरस्कार प्रदान गरिएको थियो।

भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र  उप प्रमुख राधा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले मन्तव्य राख्नुभएको थियो।

विजेता महिलाहरू प्रथम, द्वितीय र तृतीयले क्रमशः ४ हजार,३ हजार,२ हजार र सान्त्वनालाई १/१ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन भद्रपुर नगरपालिकाको महिला तथा वालवालिका शाखाकी सञ्जु कोइरालाले गर्नुभएको थियो।

लैङ्गिक समाजको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको आधार’ भन्ने नारासहित मनाइएको यस वर्षको ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भद्रपुर बजारमा बक्त्रित्वकला प्रतियोगिता र साँझमा लेखनाथ चोक चन्द्रगढीमा दीप प्रज्वलन कार्यक्रम गरिएको सामाजिक शाखा प्रमुख जीवनकला राउतले गर्नुभएको थियो।