प्रिमियरमा आर्सनल र  ला लिगामा बार्सिलोना विजयी

image आँखा संवाददाता आइतबार​, फागुन २८ २०७९
image

२९ फागुन ।शीर्ष स्थानको आर्सनलले इंग्लीस प्रिमियर लीग फुटबलको गएराती सम्पन्न खेलमा आठौं स्थानको फुलह्यामलाई ३–० गोलले पराजित गरेको छ ।

आर्सनलका लागि ग्याब्रियल जेसस, ग्याब्रियल मार्टिनेली र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए । यो जितसँगै आर्सनलको ६६ अंक भएको छ ।

यसैगरी गएरातीकै अन्य खेलमा न्यु क्यासलले उल्भर ह्याम्पटनलाई २–१ गोलले हराउँदा वेष्ट ह्याम र एष्टन भिल्लाले १–१  तथा साउथ ह्याम्पटन र म्यानचेष्टर युनाइटेडले गोल रहित बराबरी खेलेका छन् । 

यस्तै स्पेनमा जारी ला लिगा फुटबलको गएराती सम्पन्न खेलमा शीर्ष स्थानको बार्सिलानाले एथ्लेटिको क्लबलाई हराएको छ ।

बार्सिलोनाले नवौं स्थानको एथ्लेटिकोलाई १–० गोलले हराएको हो । बार्सिलोनाका लागि राफिन्हाले हाफटाइमको इन्जुरी समयमा गरेको एकमात्र गोल निर्णायक भएको थियो । जितसँगै बार्सिलोनाको ६५ अंक भएको छ । दोश्रो स्थानको रियल मड्रिडको ५६ अंक छ ।

यसैगरी गएरातीकै अन्य खेलमा सेभायाले अल्मेरियालाई २–१ गोलले हराउँदा मालोर्का र रियल सोसिडाड तथा भिल्ला रियल र रियल बेटिसले समान १–१ गोलको बराबरी खेलेका छन् ।