भारतीय कुखुरा नियन्त्रणमा प्रहरी सक्रिय

image आँखा संवाददाता मङ्गलबार, फागुन ३० २०७९
image

झापा, फागुन ३० । कुखुरापालकहरुको दवावपछि भारतबाट अवैध रुपमा भित्रिने कुखुरा नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको छ ।

यसक्रममा मंगलवार दिउँसो ३.४० बजे ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोली र बीओपी नकलबन्दाबाट खटिएको सशस्त्र प्रहरी बलको संयक्त टोलीले मेचीनगर नगरपालिका वडा नं. ५ भेटघाट मलामी घरमा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको २४ वटा लोकल कुखुरा र १६ वटा ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।

अन्दाजी २० हजार मूल्य बराबरको ती कुखुरा पशु क्वारेन्टाईन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहको उपस्थितिमा खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै सोमवार राति ९ बजे झापा गाउँपालिका वडा नं ४ सुकुम्बासी टोलमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोली र बीओपी पन्थापाडाबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८० केजी बोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।

अन्दाजी २४ हजार मूल्य बराबरको ती कुखुरा नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि र स्थानीयबासिहरुको उपस्थितिमा खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । केही दिनअघि झापाका कुखुरापालकहरुले भारतबाट भित्रिने अवैध कुखुरा रोक्न जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएका थिए ।