बिर्तामोड एजुकेशन फाउण्डेशनद्वारा पत्रकार उपचार कोषलााई २५,१२५ रुपैंया प्रदान

image आँखा संवाददाता बुधबार, फागुन २४ २०७९
image

बिर्तामोड, फागुन २४ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड एजुकेशन फाउण्डेशनले वार्षिकोत्सवको अवसरमा पत्रकार महासंघ झापा शाखाको उपचारमा आर्थिक सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित साहारा पत्रकार उपचार कोषलाई २५ हजार एक सय २५ रुपैयाँ आर्थिक सहयोग गर्दै फाउण्डेशनले वार्षिक उत्सव मनाएको हो । फाउण्डेशनका अध्यक्ष राजकुमार कर्कीले नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई,कोषाध्यक्ष रञ्जित प्रसाई, कार्यसमिति सदस्य होमप्रकाश अधिकारी, उद्धव पुरी, सन्तोष न्यौपाने, नरेन्द्र ढकाल, हरिकृष्ण भण्डारी लगायत पत्रकारको टोलीलाई रकम हस्तान्तरण गरेको हुन् ।

सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक काम गर्दै आएको बिर्तामोड एजुकेशन फाउण्डेशनले वार्षिक उत्सवको अवसरमा पत्रकार उपचार कोषलाई रकम हस्तान्तरण गरेको अध्यक्ष कार्कीले बताए ।  

बिर्तामोडमा मुख्य कार्यालय रहेको फाउण्डेशनले मंगलबार संस्थाको छैटौं बार्षिकोत्सवका अवसरमा पत्रकार महासंघलाई आर्थिक सहयोग गरेको हो । बिर्तामोड–४ का मुख्य कार्यालय रहेको फाउण्डेशनले कुनै पनि पत्रकारको उपचारमा अभाव नहोस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको जनाएको छ । 

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराईले महासंघलाई आर्थिक सहयोग गरेको भन्दै फाउण्डेशनलाई सफलताको शुभकामना दिए । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु-याउने लक्ष्य राखिएको छ ।

कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ७० लाख जम्मा भएको जनाइएको छ ।