झापा, फागुन १८ । विभिन्न व्यक्तिलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव सम्पन्न भएको छ ।
गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।
संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ले मुलुकले आर्थिक संकट खेपिरहेको अवस्थामा आर्थिक स्थिरताको खोजी जरूरी रहेको बताउनुभयो ।
उहाले दलहरूबीच असहमति भएपनि आर्थिक धरातल बलियो बनाउन एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुनकुमार मैनाली र सञ्चारकर्मी लीला अनमोलले संयुक्त रुपमा गरेका थिए ।